डोजर लगाएर घरबार भत्काउन लागिएको भन्दै महेन्द्रनगरमा चक्काजाम गरेर स्थानीयले गरे प्रदर्शन

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । डोजर लगाएर घरबार भत्काउन लागेको भन्दै धनुषाको महेन्द्रनगरमा प्रभावित स्थानीयले चक्काजाम गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । क्षीरेश्वरनाथ नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि प्रभावित स्थानीयवासी आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बिहान ७ बजेदेखि ८ बजेसम्म टायर बालेर जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध गर्दै सरकार […]
जनकपुरको राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि दरखास्त आह्वान, क-कसले आवेदन दिन मिल्छ ?

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । जनकपुरको राजर्षि जनक सहित ८ वटा विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न दरखास्त आह्वान भएको छ। उपकुलपति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो। रिक्त भएका त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिका लागि […]
सरकारले सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिए

सामाजिक फीड–जनकपुरधाम, वैशाख २४ गते । सरकारले सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दा एवं व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले आज विहान बरियारपट्टी गाउँपालिका-३ स्थित बरियारपट्टी चोकमा केही घण्टा हुलाकी राजमार्गमा सरकार विरुद्ध प्रदर्शन गर्दै चक्काजाम समेत गरेका थिए । प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान राजमार्ग अवरुद्ध गरेका […]
सिरहा विद्यालयहरुले हप्ताको दुई दिन विदा दिन अटेर गर्दै, निर्णय मान्न फेरि सबै विद्यालयलाई पत्राचार

सामाजिक फीड–जनकपुरधाम, वैशाख २४ गते । हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयलाई सिरहाका धेरैजसो विद्यालयहरुले अटेरी गरेको पाइएको छ । विशेष गरी निजी विद्यालयहरूले अझै सरकारी निर्णय पालना नगरेको भन्दै स्थानीय तहहरूले सचेत गराउँदै आएपनि अटेर गर्दै आएका हुन् । सरकारले गरेको निर्णयको अवज्ञा गर्न थालिएपछि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले सबै स्थानीय तह तथा […]
धनुषामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना युवकलाई जन्मकैदको फैसला

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३ गते । धनुषामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई जन्मकैदको फैसला भएको छ । मिथिला बिहारी नगरपालिका-१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश कपिलमणि गौतमको इजलासले सुनाएको उक्त फैसलामा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ।२०७८ फागुन २८ गते […]
सप्तरीमा जबर्जस्ती करणी प्रयास र अभद्र व्यवहार मुद्दामा दुई जना पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३ गते । जबर्जस्ती करणी प्रयास र अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका-८ निवासी २२ वर्षीय सुरजप्रकाश मण्डललाई जबर्जस्ती करणी प्रयासको आरोपमा नियन्त्रणमा लिइएको हो। वैशाख २१ गते राति करिब १ बजे उनले स्थानीय एक बालिकाको घरमा प्रवेश गरी करणी गर्ने प्रयास […]
संकटमा यादव नेतृत्वको मधेस सरकार, जसपाको नेतृत्वमा एमाले सहितका दलहरूको नयाँ सरकार बनाउने तयारी

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३ गते । सहयात्री दलहरु बिच्किएपछी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ । जनमत पार्टीपछि नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि तयारी गरेपछि सरकार संकटमा परेको हो । यादव नेतृत्वको सरकारमा कांग्रेसका २२, जसपा नेपालका १८ र लोसपाका गरी २६, जनमतका १२, नेकपाका […]
जेनजी आन्दोलनमा फरार जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार दोषी वीरगञ्जबाट पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-२ का २२ वर्षीय बेगम विक रहेका छन्। प्रहरीका अनुसार उनलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका-४ स्थित बिर्ता चोकबाट नियन्त्रणमा लिइएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा […]
मधेशमा नयाँ सरकार गठनको तयारी सुरु, जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीभित्र विवाद

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेशमा एमाले सहितको समर्थनमा मधेश आश्रित दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जनमत पार्टीका सचेतक चन्दन सिंह सहित १० जना सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो । सोमवार जनमत पार्टीले नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव […]
मधेसमा हावाहुरीसहित वर्षाको सम्भावना, कुन ठाउँको अवस्था कस्तो रहने ?
सामाजिक फीड–जनकपुरधाम, वैशाख २१ गते । मधेश प्रदेशमा मंगलबारसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमबाट विकसित भएको मौसम प्रणाली क्रमशः पूर्वतर्फ सर्दै आएकाले मधेशका धेरै स्थानमा मध्यम खालको वर्षा हुने देखिएको छ।विभागले आज बिहान जारी गरेको सूचनामा सुदूरपश्चिम प्रदेशका पहाड र तराई क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित […]