वीरगञ्ज महानगरले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको इदको अवसरमा रात्रि बजार सञ्चालन गर्ने

सामाजिक फीडजनकपुरधाम, चैत्र २३ गते । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ। वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत २९ देखि २०८१ वैशाख १ गते मध्यरातसम्म ‘रात्रि बजार’ सञ्चालनको तयारी गरिरहेको छ। आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन हुनेछ। अहिले सजावटदेखि […]
एमाले बारा अधिवेशन : पाँच पदाधिकारीमा ११ जनाको उम्मेदवारी, आज मतदान हुँदै

सामाजिक फीड, बारा, २३ चैत । नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अध्यानन्द पाण्डे र टीना सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । दुई उपाध्यक्ष पदका लागि नारायण प्रसाद गौतम र भुलन चौधरीले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक सचिव पदका लागि एम समिउल्लाह, अमृत शर्मा बजगाई […]
सिरहाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम , चैत्र २२ गते । सिरहा प्रहरीले ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं। ६ का ३८ वर्षीय रामएकवाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बिहीबार बिहान करिब साढे १० बजेको समयमा गोलबजार ६ लक्ष्मी मन्दिर स्थित गिरीले आफ्नो घरमा लागूऔषध लुकाई छिपाई राखेको […]
वृद्धाको हत्यामा संलग्न युवक प्रहरीको फन्दामा

सामाजिक फीडजनकपुरधाम, चैत्र २२ गते । सर्लाहीको बागमती नगरपालिका(४, जिरायतमा एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्थानीय बौधु महतोकी श्रीमती ७० वर्षीय पार्वतीकुमारी महतो भन्ने पार्वतीदेवीको मङ्गलबार साँझ आफ्नै घरमा हत्या भएको थियो । प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेका रौतहटको वृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद […]
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम,चैत्र २२ गते । रौतहटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गरूडा नगरपालिका-३ मलाही टोल बस्ने ४० वर्षीय मनोज सहनीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कलमा नयाँ मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । यस […]
रौतहटमा ह्वाट्सएप ग्रुप बनाएर चिट चोराएको आरोपमा माविका प्रअसहित पाँचजना शिक्षक पक्राउ

सामाजिक फीडजनकपुरधाम , २२ गते । रौतहटमा ह्वाट्सएपमा एसईई ग्रुप बनाएर चिट चोराएको आरोपमा रौतहट प्रहरीले माविका प्रअसहित पाँचजना शिक्षकलाई पक्राउ गरेको छ। विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका-१ स्थित मावि पथराकोटका प्रअ उतिचन्द्र यादव, सरस्वती मावि परीक्षा केन्द्रका परीक्षा निरीक्षक […]
सुनसरीमा बन्दुकधारीले गरे लाखौंको लुटपाट

मोरङ, २१ चैत । सुनसरीमा बन्दुक पड्काउँदै पाँच लाखभन्दा बढी रूपैयाँ लुटपाट भएको छ। बुधबार दिउँसो करिब सवा २ बजे हरिनगरा गाउपालिका र ईनरूवा नगरपालिकाको सीमामा पर्ने नहर क्षेत्रमा बन्दुक पड्काएर लुटपाट भएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए। उनका अनुसार हरिनगरा गाउँपालिका–२ का ३० वर्षीय आशिफ अन्सारीको साथमा […]
हुण्डी कारोबारी आरोपमा साढे १३ लाख रुपैयाँसहित बाराबाट दुईजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, चैत २० गते । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–१ बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका–१ बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् । भारतबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार नेपाली लिएर […]
डिएसपी ठगबहादुर भ्रष्टारचारी ठहर

सामाजिक फीड-जनकपुरधाम, चैत २० गते । विशेष अदालतले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार फैसला सुनाउँदै दोषी ठहर गरेको हो । अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको […]
घुस लिने भूमिसुधार महोत्तरीका सुब्बा र लेखापढी व्यवसायी दोषी ठहर

सामाजिक फीड जनकपुरधाम, चैत २० गते । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दुई जनालाई सजाय सुनाएको छ। भूमिसुधार कार्यालय महोत्तरीका नायव सुब्बा र लेखापढी व्यवसायीलाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजालसले गत वैशाखमा दायर मुद्दामा फैसला गरेको हो। घुस लिइ भ्रष्टाचार गरेको […]