Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १९ गते ।

सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले सिरहाका एक जनालाई पक्राउ गरेको छ ।सिरहाको कल्याणपुर नगरपालिका ११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साहले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू देखाउन लगाएर स्क्रिनसट गरेको अश्लील तस्वीररभिडियो नक्कली फेसबूक एकाउन्ट बनाई अपलोड गरेर नाबालिकालाई हैरान गरेका थिए ।

पीडितले साहले दुस्खरहैरानी दिई चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उजुरीका आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई सिराहाबाट पक्राउ गरेको हो ।

साहविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *