Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८गते
 ।

जनकपुरका व्यवसायीहरुले अबैध रुपमा सुनचाँदी पसलमा छापा मारेका प्रहरीलाई कारबाही नगरेको भन्दै पसल बन्द गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरका व्यापारीहरुले आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेका छन् ।

व्यवसायीहरुले प्रहरीले अबैध रुपमा छापा मारेको भन्दै धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम र घुमुवा प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवलगायतलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन पत्र बुझाएकोमा कारबाही नगरेको भन्दै आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेको छ ।

संघको आह्वानमा जनकपुरधामका सम्पूर्ण व्यवसायीले आ–आफ्नो पसल बन्द गरेर विरोध जनाएका छन् । मंगलबार उद्योग वाणिज्य संघबाट निस्केको विरोध र्याली नगरको विभिन्न चोकमा प्रदर्शन गरेका छन् ।

गत असोज ३१ गते सुनचाँदी बजारमा घटेको घटनामा प्रहरीद्वारा दमन गरिएको र व्यापारीलाई तर्साउने काम भएकोमा कारबाहीका लागि चार बुँदे मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी र मधेस प्रदेशका डिआइजीलाई ज्ञापन दिएकोमा कुनै कारबाही नभएपछि विरोधमा उत्रेको संघका कार्यवाहक अध्यक्ष मनोजकुमार साहले जनाएका हुन् ।

जनकपुरका व्यवसायीहरुले शनिबार, आइतबार र सोमबार आ–आफ्नो पसलमा कालो झण्डा र कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गरेका थिए भने आज १२ बजेसम्म संघको आह्वानमा पसल बन्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *