Samajik Feed – News Portal from Nepal

किसानलाई दुःख दिने पाँचसय बाँदरलाई यसरी समातेर बटेश्वर गाउँपालिकाले जंगल पुर्यायो

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । केही वर्षयता बाँदर आतंकले पीडित धनुषाको बटेश्वर गाउँपालिका –१ चित्रपुरका बासिन्दालाई केही राहत भएको छ । वडा नं. १ कार्यालयले भारतको मथुराबाट अनुभवी तनजनाको टोलि बोलाएर बाँदर धपाउने अभियान थालेपछि स्थानीयलाई राहत भएको छ ।एक महिनाको अन्तरालमा करिब ५ सय बाँदर समातेर जंगलमा छाडिएको वडाध्यक्ष अशोक कुमार महतोले बताए […]

सर्लाहीमा एक युवती मृत फेला, हत्याको आशंका

सामाजिक फीड-जनकपुरधाम, माघ १८ गते । सर्लाहीको बलरामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन् । मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको छ ।घटना पश्चात उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएका छन् । मृतक पूजा […]

जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ

समाजिक फीड जनकपुरधाम, माघ १७ गते । राजश्व अनुसन्धान विभागले जनकपुरबाट चारजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलराम ज्वेलर्सका संचालक बलराम साहसहित चारजना छन् । राजश्व छलेको आशंकामा उनीहरुलाई पक्राउ गरेको राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया बाराले जनाएको छ । विभागले सिरहाको मिर्चैयाबाट समेत एक सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ […]

बाराको अमलेखगञ्जमा पोलको रडमा छेडिएर बालकको मृत्यु

समापजक फीडजनकपुरधाम , माघ १७ गते । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको मूल गेटमा रहेको पोलको रडमा छेडिएर एक जना बालकको मृत्यु भएको छ । कार्यालयले विद्युतिकरणका लागि भन्दै सडकमा राखेको पोलको रडमा छेडिएर बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। २१ का ललित गोलेका ११ वर्षीय छोरा लक्की गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार […]

सभामुख क्रिकेट कपको फाइनलमा सिरहा

समाजिक फीडजनकपुरधाम , माघ १७ गते । जनकपुरधाममा जारी प्रथम सभामुख क्रिकेट कप–२०८० को फाइनलमा सिरहा प्रवेश गरेको छ । बुधबार महोत्तरीलाई ६८ रनले पराजित गर्दै सिरहा फाइनलको यात्रा तय गरेको हो । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा पाँचौं दिन पहिलो सेमिफाइनल खेल भएको थियो । टस जितेर सिरहा टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका […]

सर्लाहीमा नक्कली नोटसहित श्रीमान–श्रीमती पक्राउ

समाजिक फीड जनकपुरधाम , माघ १७ गते । क्कली नोटसहित सर्लाहीमा श्रीमान्–श्रीमती पक्राउ परेका छन् । मंगलबार राति मलंगवा नगरपालिका ३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिकाको वडा नं। ९ का नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन […]

लागूऔषध मुद्दाका फरार प्रतिबादी बारा बाट पक्राउ

समाजिक फीड जनकपुरधाम , माघ १७ गते । बारा प्रहरीले लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उप(महानगरपालिका, वडा ११ खेस्रवल टोल बस्ने ३२ वर्षीय साधु यादव रहेका छन् । बारा जिल्ला अदालत कलैयाबाट लागूऔषध मुद्दामा कैद जरिवाना तोके पछि फरार रहेका यादवलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ […]

जनकपुरको परिक्रमा सडक क्षेत्रभित्र मासु मदिरा बिक्रीवितरणमा रोक

समाजिक फीडजनकपुरधाम , माघ १७ गते । जनकपुरधाम उपमहानगरपालिकाले अन्तरगृह परिक्रमा सडक क्षेत्रभित्र पशुपन्छिको बध तथा माछा, मासु र अण्डा खरिद विक्रीमा रोक लगाएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै माघ १४ गतेदेखि नै लागु हुने गरि कुनै पनि पशुपन्छिको बध तथा माछा, मासु र अण्डा खरिद विक्री वितरण एवं मदिरा सेवन र विक्री […]

सिरहाको हिमालय सुगर मिल्समा एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ १७ गते । सिरहाको हिमालय सुगर मिल्समा सुतेकै अवस्थामा एकजनाको मृत्यु भएको छ । नरहा गाउँपालिका–२ स्थित कर्जन्हा नगरपालिका–११, बस्तीपुरका ३२ वर्षीय अशोक दासको सुतेकै स्थानमा मृत्यु भएको हो । उँखु लोड गरिएको ट्याक्टर लिएर सोमबार साँझ ९ बजे उनी उद्योगमा आएका थिए । काँटाका लागि ट्याक्टर लाइनमा हालेर उद्योग परिसरमै रहेको […]

हेल्प मधेशी संस्थाद्वारा कबिर बाल आश्रमलाई ३६ हजार आर्थिक सहयोग

सामाजिक फीड-जनकपुरधाम, माघ १६ गते । हेल्प मधेशी संस्थाले जनकपुरधाम स्थित सदगुरु कबिर बाल वात्सल्य आश्रमलाई आर्थिक सहयोग गरेको छ । विदेशमा रहेका नेपालीहरुको संस्था हेल्प मधेशीले आश्रमलाई ३६ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । नेपालका केन्द्रीय अध्यक्ष राकेश राई र हेल्प मधेशी मलेशियाका केन्द्रिय पूर्व सचिव राजेन्द्र कुमार यादव बाल आश्रममै पुगेर ३६ […]

error: Content is protected !!