Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ५ गते ।

रौतहटको गौर नगरपालिकाका पूर्ववडाध्यक्षको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । गौर नगरपालिका-५ का पूर्ववडाध्यक्ष रामस्वार्थराय यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानी भर्न मोटर चलाउने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादव एमालेका जिल्ला कमिटी सदस्य थिए । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *