Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १ गते ।

रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा स्थित झाझ खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा
देवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेको
रौतहटका प्रहरी प्रवक्ता  राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार दुवै जनालाई स्थानीयले खोलाबाट उद्धार गरी संजिवनी अस्पताल शिवनगर पुर्‍याएका थिए, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए ।

केही दिन अघि गौर १ को सिमाक्षेत्र नजिकै बाढीको बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *