Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कात्तिक ५ गते ।

पर्साको वीरगन्जस्थित एक व्यापारिक प्रतिष्ठानमा भीषण आगलागी भएको छ ।

बुधबार बिहान करिब सवा २ बजे वीरगन्ज महानगरपालिका १६ स्थित रोहित केमिकल ट्रेडर्स र रोहित सेल्स स्टोरमा उक्त आगलागी भएको हो ।

आगो निभाउन नेपाल र सशस्त्र प्रहरीकोसमेत गरी ४३ सुरक्षाकर्मीको टोलीले संलग्न थियो ।
आगो वीरगन्ज महानगरपालिकाको दमकल, पोखरिया नगरपालिकाको दमकल, र वीरगन्ज मेट्रो ट्यांकरको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएका छन् ।

आगो आज बिहान करिब साढे ५ बजे नियन्त्रणमा आएको थियो ।
पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले आगलागीको कारण नखुलेको र क्षतिको विस्तृत विवरण संकलनको कार्य जारी रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *