घुमुवा प्रहरी भन्दै धनुषामा पैसा उठाउँदै हिड्ने एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । धनुषामा घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धमक्याएर पैसा उठाउँदै हिँड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कमला नगरपालिका–३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भइ घुमुवा प्रहरी भन्दै डर धम्की देखाई नगद […]
जनकपुरमा नछोपिएको सडकको नालमा खसेर दुई वर्षीय बालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । जनकपुरधाममा ठेकेदारले लापरबाही खुल्ला छाडेको सडकको नालामा खसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखिया छन् । बिहानै उठेर साढे ६ बजे घर अगाडी खेलिरहेका बालक छेउको नाला (चेम्बर)मा खसेका थिए । परिवारजनले खोजविन गरेपछि […]
सर्लाहीमा दुई मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु, बालकसहित तीनजना घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ २९ गते । सर्लाहीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बालकसहित तीनजना तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा बा ३० प ९४०७ नम्बरको मोटरसाइकल चालक बागमती नगरपालिका ८ शंकरपुरका ५० वर्षीय गणेश कार्की छन् ।उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा उनको मृत्यु […]
वीरगञ्जको बाल सुधार गृहमा झडप हुँदा ११ बाल कैदी घाइते

सामाजिक फीडजनकपुरधाम, भदौ २७ गते । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा झडप हुँदा ११ जना घाइते भएका छन् । मंगलबार राति बाल सुधार गृहमा रहेकाहरुबीच झडप भएको हो । झडपमा ११ जना बाल कैदी घाइते भएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए। उनका अनुसार उनीहरु सबै जना समान्य घाइते भएका छन् […]
महोत्तरीको सोनमा घट्नाविरुद्ध पुर्व गापा अध्यक्षसहित दश जनामाथि मुद्दा दर्ता

सामाजिक फीड-जनकपुरधाम, भदौ २५ गते । महोत्तरीको सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ । पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोक यादवसहित दश जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार उनीहरु विरुद्ध आपराधिक […]
नेपालगञ्जमा स्रोत नखुलेको २६ लाखसहित कर अधिकृत पक्राउ

बाँके, २५ भाद्र । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण […]
कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । कमला नदीमा अबैध रुपमा ढुङ्का उत्खनन् गर्ने एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले गणेशमानचारनाथ नगरपालिका ९ कमला खोला स्थित अबैध ढुङ्गा उत्खनन गरी लोड गरेको अबस्थाम स १ त ४५८९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]
सर्लाहीको मलंगवा घटनाप्रति मुस्लिम आयोगको चासो

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । सर्लाहीको मलंगवा घटनाप्रति मुस्लिम आयोगले चासो देखाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै केही उच्छृंखल व्यक्तिहरुले मुस्लिम समुदाय र धार्मिक धरोहरप्रति आक्रमण गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धार्मिक धरोहरमाथि आक्रमण गरेर अशान्ति फैलाउन खोजेको भन्दै आयोगले गम्भीर चासो प्रकट गरेको हो । मधेस प्रदेशका धनुषा, […]
मलंगवामा कर्फ्यू हटाइयो, भेलाजुलुस गर्न नपाउने निषेधाज्ञा लगाइयो

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा लगाएको कर्फ्यू हटाएको छ । आज बिहान ८ बजेदेखि जिल्ला प्रशासन कार्याय सर्लाहीले सूचना जारी गर्दै कर्फ्यू हटाएको हो । मुर्ती सेलाउने क्रममा शुक्रबार साँझ हिन्दु र मुस्लिम समुदायबिच झडप भएर तनाब बढेपछि प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि मलंगवा […]
बलात्कार आरोपमा सर्लाहीका एक वृद्ध जेल चलान

सामाजिक फीड-जनकपुरधाम, भदौ २१ गते । सर्लाहीमा बलात्कार मुद्दामा एक वृद्ध जेल चलान भएका छन् । सार्वोच्च अदालतबाट १० वर्ष कैद सजाय करार भएका सर्लाहीको हरिपुर नगरपालिका वडा न. ५ का ७० वर्षीय सफी अहमद लाई जेल चलान गरिएको हो । लामोसमयदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय हरिपुरको टोलिले पक्राउ गरी सिन्धुली कारागार चलान […]