सामाजिक फीड-
जनकपुरधाम, फागुन २७ गते गते ।
भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतो ३५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले उनीहरूलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।
आयोगका अनुसार, पुख्र्यौली जग्गाको नक्सा सुधार र ट्रायल चेकमार्फत नयाँ कायम भएको जग्गाको पुर्जा बनाउन सेवाग्राहीसँग घुस मागिएको थियो। सेवाग्राहीले अख्तियारलाई पूर्वसूचना दिएपछि टोलीले ३५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा खरिदार दास र लेखनदास महतोलाई नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।