सामाजिक फीड-
जनकपुुरधाम, फागुन १५ गते ।
जिल्ला प्रशासन कार्यालय धनुषाले पूर्ण अपांगता भएका मुकेशलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका राजकुमार महतोका २३ वर्षीय छोरा मुकेश कुमार महतोलाई नागरिकता प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नागरिकता हस्तान्तरण गरेका हुन् ।
मुकेशलाई ११ वर्षको उमेरमा पोलियो रोगले लागेपछि पूर्ण अपांग भएका थिए । त्यस यता उनी आफै ओछ्यानबाट समेत उठ्न सक्दैन् ।
क्षिरेश्वरनाथ नगरपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष मोदकुमार महतो मोदी मुकेशलाई घरमै नागरिकता उपलब्धताको लागि पहल गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी कडरियाले आफूले पूर्ण अपांग रहेको र ओछ्यानबाट उठ्न समेत नसकेको थाहा पाएपछि घरमै पुगेर नागरिकता प्रदान गरेको बताए ।
’मेरो परिवारमै दुई जना अपांग थिए । स्यहारसुसार मैले नै गर्थे । त्यस कारण अपांगको पीडा मलाई थाहा छ । मैले थाहा पाउने बितिकै कागजात प्रक्रिया पुर्याउन भनेको थिएँ । आज घरमै आएर मुकेशलाई नागरिकता प्रदान गरेका हौं’ उनले भने ।
उनले प्रशासन अपांगमैतृ रहेको समेत बताए । अशक्त अपांग रहे जानकारी गराए घरमै पुगेर नागरिकता प्रदान गर्ने उनको भनाइ छ ।
नागरिकता दिन जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत निरज श्रीवास्तव, नायव सुब्बा रामकृपाल महतो र सुनिलकुमार झासहितको टोलि घर पुगेको थियो ।
छोराले ओछ्यानमै नागरिकता पाएपछि घरपरिवारले प्रशासन कार्यनलयप्रति धन्यवाद ज्ञापन गरेको छ । अब मुकेशलाई अपांग भत्ता पाउने भएका छन् । नागरिकता वितरणको कार्यक्रममा काँग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियार सहितको उपस्थिति रहेको थियो ।