सामाजिक फीड-
जनकपुरधाम, फागुन १३ गते।
सर्लाही प्रहरीले स्रोत नखुलेको साढे ७ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्यको सितामाढी जिल्लाका बिसनपुर १५ निवासी २२ वर्षीय चन्दन कुमार महतो रहेका छन् ।
उनलाई मंगलबार दिउँसो सर्लाहीको मलंगवा नगरपालिका–८ क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरः बी.आर.३० एबी ९१८३ को मोटरसाईकलमा चेकजाँच गर्दा पाइन्टमा राखेको ७ लाख ५८ हजार ३१० रुपैयाँ बरामद भएको भएको हो ।
पक्राउ परेका महतोलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।