अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि धनुषामा कार्यरत दुई प्रहरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १४ गते । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत दुई प्रहरी अपराधिक कार्यमा संलग्न रहेको पाइएपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त प्रहरी सहायक हवल्दार दिपेन्द्र कुमार राज र प्रहरी जवान रोशन कुमार यादव पक्राउ परेका हुन् । आर्थिक लाभको लागि पीडितबाट बिभिन्न कम्पनीको ३१ वटा मोबाइल लिई फिर्ता गर्न […]
जनकपुरको पर्यटन प्रवर्द्धन गर्ने ‘गाइडबुक’तयार

सामाजिक फीडजनकपुरधाम ,फागुन १३ गते । जनकपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधामको पुस्तक ( गाइडबुक )तयार पारिएको छ। जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौ संस्करणको अवसरमा उक्त पुस्तकको विमोचन गरिएको हो। पुस्तकले जनकपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जनकपुर मन्दिरसँगै यस आसपासका अन्य पर्यटकीयस्थलहरूको बारेमा जान्ने अवसर पाउने अपेक्षा गरिएको छ। उक्त पुस्तकमा जनकपुरधामको […]
मधेश प्रदेश : नक्कली रुपैँया लिएर सामान किनिरहेका एकजना प्रहरीको फन्दामा

समाजिक फीडजनकपुरधाम, फागुन ११ गते । बारामा नक्कली नोट सहित एकजना पक्राउ परेका छन् । निजगढ नगरपालिका–९ स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दैगरेको अवस्थामा एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दिपेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय […]
सर्लाहीबाट ११६ किलो गाँजासहित एक युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । सर्लाहीबाट ११६ किलो अवैध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको बागमती नगरपालिका ३ नयाँ बस्ती चौकबाट पूर्वी नवलपरासी गैडाकोट नगरपालिका ११ का ३० वर्षीय सूर्य परियारलाई प्रहरीले कारमा लुकाइ राखेको गाँजासहित पक्राउ गरेको हो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुका अनुसार परियारलाई सर्लाहीको बागमती नगरपालिका […]
पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । बाराको पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका ३ पटेर्वाका ३० वर्षीय कृष्ण साह बनिया र ३५ वर्षीय राजु साह बनिया छन् । दुबैजना मोटरसाइकलमा सवार भएर जाँदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ दुधावरा पुल नजिक बाघले आक्रमण […]
स्थिति समान्य भएपछि रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू हट्यो

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ । आज (बुधबार) साँझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू पूर्ण रुपमा हटाएको हो । गत शनिबार सरस्वतीको मुर्ति बिर्सजन गर्ने क्रममा ईशनाथ नगरपालिका ७ घिउरा टोलमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । दंगा भड्किने सम्भावना देखेपछि […]
रौतहटमा तीन राउण्ड हवाई फायर गर्दै सालको काठ बरामद

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । रौतहटमा वन सुरक्षा गस्ती टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोलीले तीन राउण्ड हवाई फायर गर्दै अवैध तीनथान काठकाठको गोलिया बरामद गरेको हो । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले […]
फागुन १० गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ आयोजना हुँदै

समाजिक फीड जनकपुरधाम, फागुन ८ गते । ‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण फागुन १० गतेबाट शुरू हुने भएको छ। नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव १२ फागुनसम्म राम मन्दिर पार्कमा आयोजन हुनेछ । तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता […]
वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

सामाजिक फीडजनकपुरधाम , फागुन ७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो । सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश […]
रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्युको समय थपयो

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको समय थपएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण […]