समाजिक फीड
जनकपुरधाम, भदौ ३१ गते ।
सलार्हीमा गोली हानी हत्या गरेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका वडा नम्बर ६ बस्ने ५० वर्षिय रामपुरकार यादब र २६ वर्षीय संतोष यादब रहेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपाल तर्फ आउदै गरेको बेला जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुर बाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले बताए ।
उनका अनुसार उनीहरु एकजनालाई गोलि हानी हत्या गरेर फरार भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।