समाजिक फीड
जनकपुरधाम, भदौ ३१ गते ।
धनुषा आउँदै गरेको नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ ।
मंगलबार दिउँसो हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा दुर्घटनामा परेको नेपाली सेना बोकेको ट्रक २ नम्बर राजदल गण तनुहँबाट धनुषा आउँदै गरेको खुलेको छ ।
२२ जना सैनिक सवार सेनाको आफ्नै ट्रक हेटौंडा उपमहानगरपालिका १५ र सिमरा उपमहानगरपालिका २२ मा पर्ने चुरियामाईको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुलबाट करिब १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १६ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।
गम्भीर घाईतेहरूको अहिले परिचय खुलिसकेको छैन । उपसेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा आउँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।