Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ ३१ गते 

जेनजी आन्दोलनको क्रममा नख्खु कारागार, काठमाडौंबाट फरार भएका एक कैदीलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी सहायक निरीक्षक शनिदेवलको टोलीले कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका सर्लाहीको मलंगवा नगरपालिका–७ का ३० वर्षीय फिरोज मन्सुरलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मन्सुर हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको र आवश्यक प्रक्रिया पूरा गरी मलंगवा कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *