बागमतीमा नुहाउने क्रममा बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक बालक दुई दिनपछि मृत फेला परेका छन्। रामनगर गाउँपालिका–१ खैर्वाका मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिक बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा हराएका थिए। दुई दिनको खोजतलासपछि उनको शव शुक्रबार बिहान रौतहटको दुर्गा […]
सर्लाहीमा ट्याक्टर-मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते । सर्लाहीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुर्घटनामा परेका चन्द्रनगर गाउँपालिका-५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि लगिएकोमा राति करिब ८ बजे चिकित्सकले […]
सर्लाहीको बागमती खोलामा डुबेर बेपत्ता बालकको शव फेला

सामाजिक फीड-जनकपुरधाक, कार्तिक २१ गते । सर्लाहीको बागमती खोलामा डुबेर बेपत्ता बालकको शव दुईदिनपछि फेला परेको छ । गत कार्तिक १९ गते बिहान साढे ६ बजे सर्लाही रामनगर गाउँपालिका १ खैर्वा बस्ने मनोज यादवको छोरा १४ वर्षीय आशिक यादव कार्तिक पुर्णिमाको अवसरमा बागमती खोलामा नुहाउन जाँदा बेपत्ता भएका थिए । उनको शव नेपाल प्रहरी र […]
जनकपुरधाम-ढल्केवर सडक खण्डमा आकाशे पुल बन्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । जनकपुरधाम–ढल्केवर ६ लेन सडक खण्डमा विभिन्न तीन स्थानमा आकाशे पुल निर्माण सुरु भएको छ । सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरधामले करिब साढे १० करोडको लगानीमा आकाशे पुल निर्माण गर्न लागेको हो ।निर्माणको ठेक्का लागेपछि अहिले निर्माण प्रक्रिया सुरु भएको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महिला विकास चोक तथा सखुवा […]
सिरहामा ब्राउन सुगर बिक्री गर्ने दुई जना पक्राउ, घरबाट ब्राउन सुगर बरामद

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सिरहा प्रहरीले ब्राउन सुगर बेच्ने दुई जना युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका ७ जिवा टोल बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । बुधबार साँझ मिर्चैया ७ जिवा टोल स्थित लागूऔषध ब्राउन सुगर बिक्रि बितरण […]
अग्नीसाईर कृष्णसवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी निरन्तर विवादमा स् मालिसपछि अब राजिनामा काण्ड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते । सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपालिका पछिल्लो समय निरन्तर विवादमा छ । अध्यक्ष दिनानाथ चौधरीको कार्यालयमा वडाध्यक्षले मालिस गरेको भिडियो भाइरलपछि अहिले उनको राजीनामा विवादले पालिका तातेको छ । असोज ५ गते मितिको पालिका अध्यक्ष चौधरी राजिनामा पत्र बुझाएको भन्दै कार्तिक १८ गते कार्यपालिका बैठकले स्वीकृत गरेको छ । उपाध्यक्ष कल्पना […]
अस्पतालको भवनबाट औरही गाउँपालिकाको सेवा

रासस-सिरहा, कार्तिक २० गते । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला […]
नाबालिकाको चरित्र हत्या गरेको आरोपमा सिरहाका १ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले सिरहाका एक जनालाई पक्राउ गरेको छ ।सिरहाको कल्याणपुर नगरपालिका ११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साहले म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा पारी संवेदनशील अंगहरू […]
कमला नदीमा कात्तिक पूर्णिमा मेला, लाखौं श्रद्धालुको भीड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते । धनुषा र सिराहाको सीमामा बग्ने कमला नदीमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा परम्परागत भूत मेला लागेको छ । बिहानैदेखि नदी किनारमा स्नान गर्न आएका श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । यसलाई कार्तिक पूर्णिमा मेला पनि भन्ने गरिन्छ । हिजो साँझदेखि नै विभिन्न गाउँबाट धामी–झाँक्री र स्थानीय श्रद्धालुहरू सारश्वर, चिकना, […]
सुनचाँदी पसलमा छापामारी गरेका प्रहरीलाई कारबाही नगरेको भन्दै जनकपुरका व्यवसायीले बन्द गरे पसल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८गते । जनकपुरका व्यवसायीहरुले अबैध रुपमा सुनचाँदी पसलमा छापा मारेका प्रहरीलाई कारबाही नगरेको भन्दै पसल बन्द गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा जनकपुरका व्यापारीहरुले आज दिउँसो १२ बजेसम्म पसल बन्द गरेका छन् । व्यवसायीहरुले प्रहरीले अबैध रुपमा छापा मारेको भन्दै धनुषाका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बम र घुमुवा प्रहरी सहायक […]