सामाजिक फीड-
जनकपुरधाम, मंसिर १८ गते ।
बारामा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको बिहार राज्य मोतिहारी जिल्ला हरपुर पञ्चायत(१२ का ३२ वर्षीय मोहम्मद इमरानलाई पक्राउ गरिएको हो ।
बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले बुधबार दिउँसो साढे ३ बजे इमरालाई विश्रामपुपर गाउँपालिका(१ बटमचोकबाट पक्राउ गरिएको बताए।\
इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले बीआर ०५ एएम ६१५२ नम्बरको मोटरसाइकलमा आउँदै गरेका इमरानलाई चेकजाँच गर्दा इमरानको जोलाबाट अल्प्राजोलाम एक एमजीको ६२० ट्याबलेट र अल्प्राजोलाम ०।५ एमजीको ७८० ट्याबलेट बरामद भएको कुँवरले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।