सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रुको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । सप्तरीमा पिकअपको ठक्करबाट एक युवकको मृत्युु भएको छ । जिल्लाको खड्क नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा कुखुरा बोकेको पिकअपले ठक्कर दिँदा पैदलयात्री डाक्नेश्वरी नगरपालिका १० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको मृत्यु भएको हो। गएराति करिब ११ बजेको समयमा बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको नम्बर नखुलेको कुखुरा बोकेको पिकअप गाडीले […]
जनकपुरधाममा दुई समुदायबीचको विवादपछि पुरानै निर्णय कार्यान्वयन गर्ने सहमति

सामाजिक फीड-जनकपुरधाम, असोज २० गते । जनकपुरधाममा दुर्गाको प्रतिमा विसर्जनका क्रममा दुई समुदायबीच भएको विवादपछि पुरानै निर्णयलाई कार्यान्वयन गर्ने सहमति भएको छ।जनकपुरधाम उपमहानगरपालिका–२० मा गत शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा र आइतबार हिन्दु र मुस्लिम समुदायबीच भएको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वदलीय बैठकले यसअघि भएका निर्णयहरू पूर्ण रूपमा लागू गर्ने निर्णय गरेको हो।राजनीतिक […]
सिरहामा दलित परिवारको घर तोडफोड प्रकरणमा वडाध्यक्षसहित ३ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असोज २० गते । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–८ अरङमा पाँच दलित परिवारको घर तोडफोड र लुटपाट गरेको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । पीडितहरूले १३ जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका थिए । जाहेरी दर्ता भएपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । सोही क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको सिरहाका […]
सवारी दुर्घटनामा सप्तरीमा तीन जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज १८ गते । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हुलाकी सडक खण्डअन्तर्गत खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ […]
काठमाडौं जाँदै गरेको बस महोत्तरीमा दुर्घटना : २ जनाको मृत्यु, ५ को अवस्था गम्भीर

समाजिक फीड जनकपुरधाम, असोज १७ गते । महोत्तरीमा काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महोत्तरी बर्दिबास नगरपालिका–११ खयरमारामा भएको उक्त बस दुर्घटनामा थप २० जना घाइते भएको प्रहरीले जनाएको छ । तीमध्ये ५ जनाको अवस्था गम्भीर छ । खयरमाराबाट काठमाडौं जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान खयरमारास्थित […]
जेलबाट भागेका कैदीबन्दीलाई लुकाउने र सहयोग गर्नेलाई पनि कारबाही गर्ने धनुषा प्रशासनको चेतावनी

समाजिक फीड- जनकपुरधाम, असोज १२ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीलाई अगामी असोज २० गतेभित्र कारागार फर्कन चेतावनी दिएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीलाई असोज २० गतेभित्र कारागारमा उपस्थित नभए कारबाही गर्ने चेतावनी […]
बर्दिबासको सामुदायिक वनमा वन्यजन्तु र नयाँ प्रजातिका चराचुरुङ्गी बढे

सामाजिक फीड-जनकपुरधाम, असोज १२ गते । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालीदमार र रातु महिला सामुदायिक वन संरक्षण अभियानपछि वन्यजन्तु र चराचुरुङ्गीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।कालापानी बस्तीका करिब २१० परिवार संलग्न यी दुवै वन क्षेत्रमा चरीचरण र सिकारमा पूर्ण रोक लगाएपछि वन संरक्षणमा सकारात्मक परिणाम देखिएको हो। कालीदमार सामुदायिक वन ३५९ हेक्टर र रातु महिला […]
चपुरमा खुलेआम देहव्यापार, प्रहरी प्रशासनमाथि स्थानीयको आक्रोश

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । रौतहटको चन्द्रपुर नगरपालिकास्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार चलिरहेको भए पनि प्रहरी प्रशासनले कुनै स्पष्ट कारबाही नगरेको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन्। स्थानीयका अनुसार यस्ता गतिविधिले समाजको नैतिक संरचना कमजोर पार्नुका साथै युवापुस्तामा नकारात्मक असर पारिरहेको छ। करिब १०–१५ दिनअघि उनीहरूले सामूहिक रूपमा प्रमाणसहित […]
मधेसमा रहेको ९० वटा प्रहरी कार्यालयहरुमा जेनजी आन्दोलनमा पुगेको थियो क्षति

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । जेन–जी आन्दोलनको क्रममा मधेस प्रदेशमा रहेको ९० वटा प्रहरी कार्यालयमा आशिंक तथा पूर्ण रुपले क्षति पुगेको थियो । आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सम्पूर्ण प्रहरी कार्यालयहरु पुनः सञ्चालनमा आएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । गत भदौ २३ र २४ गते देशभर चलेको जेन–जी प्रदर्शनको क्रममा मधेसको […]
मधेशमा दशै तिहारलाई लक्षित गरी साढे ६ हजार बढी प्रहरी परिचालन गरिने, यस्तो छ योजना

सामाजिक फीड- जनकपुरधाम, असोज १० गते । प्रहरीले दसैँ, तिहार र छठलाई सुरक्षित र भयरहित बनाउन विशेष सुरक्षा योजना लागू गरेको छ। जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले आठै जिल्लाका लागि सुरक्षा रणनीति तयार पारेर असोज ६ गतेदेखि छठ पर्वसम्म लागू गर्ने निर्णय गरेको हो। कार्यालयका अनुसार, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र […]