Samajik Feed – News Portal from Nepal

कुमारी बैंकबाट मोबाईल बैंकिंग मार्फत ४ लाख रुपैया गायब

२२ चैत, जनकपुर । कुमारी बैंक जनकपुर ब्रान्चबाट एउटा ग्राहकको चार लाख रुपैयाँ खाताबाट गायब भएको आरोप लगाएका हुन् । जनकपुरधाम उपमहानगरपालिका वडा -१९ शिवपुरको नारायण शर्मा कुमारी बैंकमा जम्मा गरेको चार लाख रुपैया गायब भएको र शर्मा गत फागुन २२ गते बैंकमा ४ लाख रुपैया जम्मा गरेको थियो। शर्मा गत फागुन २२ गते बैंकमा […]

मालपोत कार्यालय धनुषाबाट एक बिचौलिया पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । मालपोत कार्यालय धनुषाबाट एकजना बिचौलिया पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४ बस्ने ५० वर्षीय राम बिनोद साह रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय राम नारायण महतोको श्रीमती भुलिया देवीलाई जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ घुस लिएको आरोपमा […]

अनलाईनबाट ठगी गरेको  आरोपमा जनकपुरधामबाट २३ जना पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत २० गते । अनलाईनबाट ठगी गरेको  आरोपमा जनकपुरधामबाट २३ जना पक्राउ परेका छन् । सोमबार साँझ पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद […]

धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत १७ गते । धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका २ का ५५ वर्षीय जोगिन्द्र यादव र वर्ष १९ का कृष्ण साह छन् । बिहीबार अपराहन्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवैजनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी […]

सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत १६ गते । सर्लाहीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लालबन्दी नगरपालिका १७ बस्ने अन्दाजी २५ वर्षीय प्रमेश्वर महतो र ४० वर्षीय चरित्र बहादुर काफ्ले छन् । महतो मोटरसाइकल चालक हुन् भने काफ्ले पछाडि सवार थिए । आज अपराहन्न ४ बजेको समयमा हरिपुर्वा नगरपालिका –३ धनकौल स्थित भित्रिबाटोमा […]

बिमा राकम पाउन पतिकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

सामाजिक फिड-जनकपुरधाम,चैत १५ गते । सप्तरीमा बीमाको रकम पाउन आफ्नै पतिको हत्या गरेको रहस्य खुलेको छ । कञ्चनरुप नगरपालिका–३ दास टोलकी ३० वर्षीया कोशिला देवी दासले आफ्नै पति ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको प्रहरीले जनाएको छ । कोशिलाले आफ्नी देउरानी हिरनदेवी दास र नातामा भाउजु पर्ने शान्तिदेवी दासको सहयोगमा श्रीमान शिवशंकरको हत्या गरेको खुलेको […]

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

सामाजिक फिड– जनकपुरधाम, चैत १४ गते । आज बिहान उदाउँसो सूर्यलाई अर्घ्य दिइ चैती छठ पर्व विधिवत सम्पन्न भएको छ । चारदिनसम्म मनाइने छठ पर्वको आजको समापन दिनलाई पारन पनि भन्ने गरिन्छ । अर्घ्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ । हिजो साँझ अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ्य दिइएको थियो […]

धनुषामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत १३ गते । धनुषामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ का २९ वर्षीय विष्णुबहादुर फुयाल रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान उनले ज१च ३४३७ ट्याक्टर चलाएर क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरबाट बटेश्वर गाउँपालिका ५ शान्तिपुर जाँदै गर्दा एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको […]

बाघको आक्रमणबाट महतो गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत १० गते । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वासुगौली गाउँपालिका २ का सुदामा महतो छन् । दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । महतोको घाँटीमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते महतोको वीरगञ्जस्थित नारायणी अस्पतालमा […]

पंकज चौधरीलाई धरौटीमा जेलमुक्त गर्न उच्च अदालतको आदेश

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । उच्च अदालत जनकपुरले डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । राजिष्टार खडगराज अधिकारीका अनुसार बिहीबार इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको […]

error: Content is protected !!