सामाजिक फीड-
जनकपुरधाम, भदौ २६ गते ।
बारा, महागढीमाई नगरपालिका १० का ११ वर्षीय राकेश शर्मा विषालु सर्पको टोकाइबाट मृत्यु भएको छ।
सोमबार राति घरमा सुतिरहेका बेला गोमन सर्पले टोकेपछि गम्भीर अवस्थामा रहेका राकेशलाई अस्पताल पुर्याउन ढिलो हुँदा उनको ज्यान गएको हो।
प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले बालकलाई ढिलो गरी अस्पताल ल्याइएकाले बचाउन नसकिएको जानकारी दिए।
सर्पले टोकेपछि अभिभावकले सुरुआती रूपमा मुसाले टोकेको शंका गरेर अस्पताल लैजान ढिला गरेका थिए । जसको कारण बालकको ज्यान गुमाउनु परेको हो ।