Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, भदौ २२ गते।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिटको व्यवस्था प्राप्त गरेको छ। यसका साथ मधेश प्रदेशमा सरकारी तहमा पहिलोपटक चिकित्साशास्त्रको उच्च शिक्षा सुरु हुन लागेको छ।

प्राप्त ५० सिटमध्ये ७५ प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ, जसले गर्दा मधेश प्रदेशका बहुसंख्यक विद्यार्थीहरूलाई यो अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।

एमबिबिएसको अध्ययन सुरु भएपछि जनकपुरधाम र सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ। चिकित्साशास्त्रमा एमबिबिएस तहको जनशक्ति उत्पादन हुने हुँदा आर्थिक गतिविधिमा पनि वृद्धि हुने प्रक्षेपण गरिएको छ।

मुख्यमन्त्री सतिश सिंहले एमबिबिएस पठनपाठनको तयारी सफलतापूर्वक पूरा गराउनेमा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, रजिस्ट्रार डा. विनोद यादव र अन्य पदाधिकारीहरूलाई बधाई दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!