Samajik Feed – News Portal from Nepal

पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । बाराको पथलैयामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । घाइते हुनेमा रौतहटको बौधीमाई नगरपालिका ३ पटेर्वाका ३० वर्षीय कृष्ण साह बनिया र ३५ वर्षीय राजु साह बनिया छन् । दुबैजना मोटरसाइकलमा सवार भएर जाँदै गर्दा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ दुधावरा पुल नजिक बाघले आक्रमण […]

स्थिति समान्य भएपछि रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू हट्यो

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटाएको छ । आज (बुधबार) साँझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू पूर्ण रुपमा हटाएको हो । गत शनिबार सरस्वतीको मुर्ति बिर्सजन गर्ने क्रममा ईशनाथ नगरपालिका ७ घिउरा टोलमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको थियो । दंगा भड्किने सम्भावना देखेपछि […]

रौतहटमा तीन राउण्ड हवाई फायर गर्दै सालको काठ बरामद

सामाजिक फीड-जनकपुरधाम, फागुन ९ गते । रौतहटमा वन सुरक्षा गस्ती टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोलीले तीन राउण्ड हवाई फायर गर्दै अवैध तीनथान काठकाठको गोलिया बरामद गरेको हो । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले […]

फागुन १० गतेदेखि ‘जनकपुर साहित्य महोत्सव’ आयोजना हुँदै

समाजिक फीड जनकपुरधाम, फागुन ८ गते । ‘जनकपुर साहित्य महोत्सव’ को पाँचौ संस्करण फागुन १० गतेबाट शुरू हुने भएको छ। नव मिथिला फाउण्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव १२ फागुनसम्म राम मन्दिर पार्कमा आयोजन हुनेछ । तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता […]

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

सामाजिक फीडजनकपुरधाम , फागुन ७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको हो । सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारी दिनेश […]

रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्युको समय थपयो

सामाजिक फीडजनकपुरधाम , फागुन ६ गते । रौतहटको ईशनाथ नगरपालिकामा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको समय थपएको छ । ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन विषयमा दुई समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । झडपमा दुबै समुदायका मानिसहरु घाइते भएको प्रहरीले जनाएको छ । घटना नियन्त्रण […]

बर्दिबासमा सडक खाना महोत्सव सुरु

रासस-महोत्तरी, फागुन ६ गते । आफ्नो ठाउँको परिचय विस्तार र स्थानीय परिकारबारे चासो बढाउन महोत्तरीका होटल तथा पर्यटन व्यवसायीले सडक खाना महोत्सव–२०८० आयोजना गरेका छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीको आयोजनामा तीनदिने सडक खाना महोत्सव–सुरु भएको हो । बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले महोत्सवको उद्घाटन गरे। पूर्वपश्चिम राजमार्ग र बिपी राजमार्गको सङ्गमदेखि बिपी राजमार्गतिर पाँच […]

महोत्तरीमा हिन्दु र मुस्लिम समुदायबीच झडप, चार राउण्ड हवाई फायर, तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । महोत्तरीको सम्सी गाउँपालिका २ परसा देवाडमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । झडपमा तीनजना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन महोत्तरी प्रहरीले चार राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सम्सी गाउँपालिका १ परसा देवाडमा महावीर झण्डा मेलाको कलश यात्राको क्रममा वडा […]

फागुन १३ गतेदेखि धनुषामा दादुरा रुबेला खोप दिइने

सामाजिक फीडजनकपुरधाम , फागुन ४ गते । धनुषामा फागुन १३ गतेदेखि दुई चरणमा दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा फागुन १३ गतेदेखि २१ गतेसम्म र दोस्रो चरणमा फागुन २२ गतेदेखि ३० गतेसम्म खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले जानकारी दिए । पहिलो चरणमा ९ महिनादेखि १५ वर्षसम्मका १ लाख २५ हजार […]

मधेशका मुख्‍यमन्त्रीले तत्कालै विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम , फागुन ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तत्कालै विश्वासको मत दिने केन्द्रीय गठबन्धनमा सहमत भएको छ । विश्वासको मतअघि आलोपालो सरकारको नेतृत्व टुंग्याउनु पर्ने लगायतको केही सर्त प्रदेशका सत्ता गठबन्धनका दलहरुले राखेको थियो । तर शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले तत्काल विश्वासको मत गठबन्धनले मुख्यमन्त्री यादवलाई दिने निर्णय […]

error: Content is protected !!