Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ७ गते ।

मधेस प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन अर्थात् कार्तिक ११ गते सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना सार्वजनिक गर्दै छठ पर्वको बिहानको अर्घ हुने कार्तिक ११ गते प्रदेश भर सार्वजनिक बिदा दिने जनाएको हो ।

मन्त्रालयका उपसचिव गणेश नायकले प्रदेश सरकारद्वारा २०८१ साल चैत्र २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदा सम्बन्धी सूचनामा छठको अवसरमा थप एक दिन बिदा दिने निर्णय भएकोमा सोही अनुसार बिदा दिइएको जनाएका हुन् ।

संघ सरकारले छठ पर्वको सन्ध्याको अर्घ हुने कार्तिक १० गते सोमबारका दिन देश भरि सार्वजनिक बिदा दिएपनि अन्तिम दिन बिदा दिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *