Samajik Feed – News Portal from Nepal

भन्सार छली गरेर ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ

सामाजिक फीडजनकपुरधाम,फागुन २३ गते । सर्लाही प्रहरीले भन्सार छली गरेर ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मोतिहारी नाथा मधुवन वडा नं.१ बस्ने ट्रकका चालक २४ वर्षीय पप्पुकुमार यादव र सहचालक मधुवन २ का २४ वर्षीय कुन्दनप्रसाद कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मंगलबार राति करिब ११ […]

बोल्न नसक्ने बालिकामाथि बलात्कार, १२ वर्षीया बालिका गर्भवती

सामाजिक फीडजनकपुरधाम, फागुन २२ गते । सर्लाहीमा राम्रो सँग बोल्न नसक्ने १२ वर्षीया बालिकाको बलात्कार गरी गर्भवती बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सर्लाहीकै ईश्वरपुर नगरपालिका वडा नं। ८ का ३५ वर्षीय टेके सार्की रम्तेल रहेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। बलात्कार गरी फरार रहेका आरोपित रम्तेललाई शनिबार दिउँसो ईश्वरपुर ८ स्थितबाट […]

मधेश प्रदेश : २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड जनकपुरधाम , फागुन २१ गते । बारा प्रहरीले २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट रञ्जित सर्राफले बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा उनको साथबाट पाँच लाख रकम प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार उक्त रकम हुण्डी […]

महोत्तरीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु, ठक्कर दिने गाडी पनि दुर्घटनामा

समाजिक फीडजनकपुरधाम, फागुन २१ गते । महोत्तरीमा भारतीय टाटासुमोले टयाक्टरलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ । मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र […]

धनुषामा फेरि स्कुल बसको ठक्करबाट दुईजना गम्भीर

सामाजिक फीड-जनकपुरधाम, फागुन २० गते । धनुषामा स्कुल बसको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज अपराहन्न साढे ४बजे बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन […]

मधेशमा सवारी दुर्घटनामा सात महिनामा २ सय ९१ जनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम , फागुन २० गते । मधेश प्रदेशमा सवारी दुर्घटनामा गत सात महिनामा २ सय ९१जनाले ज्यान गुमाएका छन् । प्रदेशका आठवटै जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा भएका ती दुर्घटनामा ५ हजार ७३० जना घाइते भएको प्रहरीले जनाएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार यस अवधिमा सबैभन्दा धेरै दुर्घटना […]

भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिसँग प्रहरीले खोस्यो गोली लोड भएको पेस्तोल

सामाजिक फीडजनकपुरधाम, फागुन १९ गते । सर्लाहीबाट प्रहरीले गोली लोड गरिएको पेस्तोल दुई युवकबाट खेसेको छ । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवामा भारत तिरबाट आएका दुई युवकबाट शुक्रबार साँझ प्रहरीले गोली लोड गरिएको पेस्तोल खोसेको हो । मेड इन यूएसए लेखिएको पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली बरामद गरिएको सशस्त्र […]

मधेश प्रदेशः स्रोत नखुलेको १४ लाखसहित एकजना पक्राउ

सामाजिक फीड जनकपुरधाम, फागुन १८ गते । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं। १४ का ४६ वर्षीय धनबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुका अनुसार बिहीबार दिउँसो लालबन्दी १४ स्थित […]

बाघको आक्रमणमा परेर एक जना सख्त घाइते

सामाजिक फीडवीरगञ्ज , फागुन १८ गते । पर्सामा बाघको आक्रमणमा परेर एकजना सख्त घाइते भएका छन् । पटेर्वासुगौली गाउँपालिका २ लक्ष्मिपुरमा बाघको आक्रमणमा परेर स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी घाइते भएका हुन् । आफ्नो घर जाँदै गरेको अवस्थामा बिहीबार उनलाई जंगलबाट बगैँचामा आएको बाघले आक्रमण गर्दा सख्त घाइते बनाएको वडा नम्बर २ का वडाध्यक्ष विजय […]

१८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जना प्रहरीको फन्दामा

समाजिक फीडजनकपुरधाम फागुन १७ गते । प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका–१९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार मध्यान्ह लहान–४ स्थित भित्री […]

error: Content is protected !!