मधेश प्रदेश : २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड जनकपुरधाम , फागुन २१ गते । बारा प्रहरीले २१ लाख अवैध रकम सहित पाँच जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडबाट रञ्जित सर्राफले बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा उनको साथबाट पाँच लाख रकम प्रहरीले बरामद गरेको थियो। प्रहरीका अनुसार उक्त रकम हुण्डी […]
महोत्तरीमा टाटासुमोको ठक्करबाट दुईजनाको मृत्यु, ठक्कर दिने गाडी पनि दुर्घटनामा

समाजिक फीडजनकपुरधाम, फागुन २१ गते । महोत्तरीमा भारतीय टाटासुमोले टयाक्टरलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएको प्रहरीले जनाएको छ । मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र […]
धनुषामा फेरि स्कुल बसको ठक्करबाट दुईजना गम्भीर

सामाजिक फीड-जनकपुरधाम, फागुन २० गते । धनुषामा स्कुल बसको ठक्करबाट दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज अपराहन्न साढे ४बजे बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन […]
मधेशमा सवारी दुर्घटनामा सात महिनामा २ सय ९१ जनाको मृत्यु

सामाजिक फीडजनकपुरधाम , फागुन २० गते । मधेश प्रदेशमा सवारी दुर्घटनामा गत सात महिनामा २ सय ९१जनाले ज्यान गुमाएका छन् । प्रदेशका आठवटै जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा भएका ती दुर्घटनामा ५ हजार ७३० जना घाइते भएको प्रहरीले जनाएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका अनुसार यस अवधिमा सबैभन्दा धेरै दुर्घटना […]
भारतबाट मोटरसाइकलमा आएका दुई व्यक्तिसँग प्रहरीले खोस्यो गोली लोड भएको पेस्तोल

सामाजिक फीडजनकपुरधाम, फागुन १९ गते । सर्लाहीबाट प्रहरीले गोली लोड गरिएको पेस्तोल दुई युवकबाट खेसेको छ । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५, इनरुवामा भारत तिरबाट आएका दुई युवकबाट शुक्रबार साँझ प्रहरीले गोली लोड गरिएको पेस्तोल खोसेको हो । मेड इन यूएसए लेखिएको पेस्तोल र म्यागजिनमा लोड गरिएको पाँच राउन्ड गोली बरामद गरिएको सशस्त्र […]
मधेश प्रदेशः स्रोत नखुलेको १४ लाखसहित एकजना पक्राउ

सामाजिक फीड जनकपुरधाम, फागुन १८ गते । सर्लाहीमा प्रहरीले स्रोत नखुलेको १४ लाखभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं। १४ का ४६ वर्षीय धनबहादुर पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पजियार थारुका अनुसार बिहीबार दिउँसो लालबन्दी १४ स्थित […]
बाघको आक्रमणमा परेर एक जना सख्त घाइते

सामाजिक फीडवीरगञ्ज , फागुन १८ गते । पर्सामा बाघको आक्रमणमा परेर एकजना सख्त घाइते भएका छन् । पटेर्वासुगौली गाउँपालिका २ लक्ष्मिपुरमा बाघको आक्रमणमा परेर स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी घाइते भएका हुन् । आफ्नो घर जाँदै गरेको अवस्थामा बिहीबार उनलाई जंगलबाट बगैँचामा आएको बाघले आक्रमण गर्दा सख्त घाइते बनाएको वडा नम्बर २ का वडाध्यक्ष विजय […]
१८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जना प्रहरीको फन्दामा

समाजिक फीडजनकपुरधाम फागुन १७ गते । प्रहरीले भन्सार छली गरेर ल्याएको करिब १८ लाखको सर्जिकल सामानसहित सिरहाबाट तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको लहान नगरपालिका–१९ बस्ने १९ वर्षीय निरस सदाय, १९ वर्षीय राजेश कुमार सदाय र वडा नं. २४ का १९ वर्षीय अशोक सदायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बुधबार मध्यान्ह लहान–४ स्थित भित्री […]
सर्लाहीमा ७ किलो गाँजासहित दुई भारतीय पक्राउ

सामाजिक फीडजनकपुरधाम, फागुन १६ गते । सर्लाहीबाट लागूऔषध ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको सितामढी जिल्ला ग्राम पञ्चायत सुतिहारा बारा ६ बस्ने वर्ष २० का छोटु पासवान र लहुरिया ९ का २५ वर्षीय मोहमद समिम शेष रहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए […]
मधेश प्रदेश : प्रहरीले एक कठ्ठा खेतको अफिम खेती नष्ट गर्यो

समाजिक फीड जनकपुरधाम, फागुन १५ गते । बारा प्रहरीले अफिम खेती फडानी गरी नष्ट गरेको छ । एक कठ्ठा जग्गामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श, बाराबाट खटिएको प्रहरी टोलीले आदर्शकोतवाल गाउँपालिकामा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम […]