मधेश प्रदेशसभा: दुई वटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति प्रदान
सामाजिक फीड, जनकपुरधाम, २२ जेठ । मधेश प्रदेशसभाले दुई वटा विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन स्वीकृति दिएको छ । मंगलबार बसेको मधेश प्रदेशसभाको तेश्रो अधिवेशनको दोश्रो बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेका तर्फबाट खेलकुद तथा समाज कल्याणमन्त्री सरिताकुमारी साहले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका […]
बागमती नदीमा मेयरकै सहमतीमा मापदण्ड विपरित उत्खनन हुँदै
सामाजिक फीडजनकपुरधाम,जेष्ठ २२ गते । रौतहटमा पर्ने बागमती नदीमा मापदण्ड विपरित उत्खनन भइरहेको पाइएको छ । बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको सहमतीमा बागमतीमा गैरकानुनी उत्खनन् भइरहेको छ। बृन्दावन नगरपालिकास्थित बागमती नदीबाट नदीजन्य पदार्थ निकाल्ने विषयमा दुई पक्षबीच सोमवार उत्खननको विषयलाई लिएर विवाद समेत भएको छ । मेयर कुर्मी पक्षले नदीजन्य पदार्थ उठाउने र पूर्वमेयर रामस्नेही […]
कुटपिट र तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने
सामाजिक फीड, जनकपुरधाम, २१ जेठ । कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाको बैठकमा भएको तोडफोड घटनाको मधेश प्रदेशसभाले छानबिन गर्ने भएको छ । सोमबारबाट सुरु भएको मधेश प्रदेशसभाको तेश्रो अधिवशेनको पहिलो बैठकले गत माघ ८ गते सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासका क्रममा भएको घटनाको मधेश प्रदेशसभाको प्रदेश मामिला समितिले छानबिन गर्ने […]
जनकपरमा ८० लाख रुपैँया लुटपाट गर्ने तीजना पक्राउ, मुख्य योजनाकार सहित ५ जना अझै फरार
सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते । जनकपुरमा दिनदहाडै ८० लाख रुपैँया लुटपाट घटनाका मुख्य योजनाकारलाई प्रहरीले अझैपनि नियन्त्राण्मा लिन सकेको छैन । गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा हतियारधारी तीन जनाको समूहले सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेर फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उक्त घटनामा जम्मा ८ जनाको संलग्नता देखिएको […]
रौतहट प्रहरीको सक्रियतास् दलित आवासको नाममा ठगी गर्ने गिरोह कारबाहीको दायरामा
सामाजिक फीडजनकपुरधाम, जेष्ठ २१ गते । रौतहट प्रहरीको गरीब-विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ। विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। स्थानीय माधवनारायण नगरपालिका-८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० […]
जनकपुरधाममा जारी मधेश प्रदेश श्रमाधान रोजगार मेला सम्पन्न
सामाजिक फीडजनकपुरधाम , जेष्ठ २० गते । जनकपुरधाममा जारी श्रमाधान रोजगार मेला सम्पन्न भएको छ । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा शनिबारदेखि भएको ‘मधेश प्रदेश श्रमाधान रोजगार मेला’ सम्पन्न भएको हो । जनकपुरधाम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न उक्त मेलामा शनिबार करिव तीन हजार पाँच सय र २० गते आईतबार करिव दुई हजार […]
लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई जना पक्राउ
सामाजिक फीड, रौतहट, २० जेठ । लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने दुई बिचौलिया पक्राउ परेका छन् । गौरको ट्रायल सेन्टरबाट दुई जना बिचाैलियालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । ट्रायल सेन्टरमा दलालहरूले लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुलको गुनासो आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएपी एलिजा गिरीले बताएकी छिन्। […]
सर्लाहीमा नुहाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
सामाजिक फीड जनकपुरधाम , जेष्ठ २० गते सर्लाहीमा चापाकलमा जडान गरेको मोटर चलाएर नुहाउने क्रममा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । बागमती नगरपालिका(३ घर भई बरहथवा नगरपालिका-९ पैतालिस बिगा स्थित हिमाल लामाको घरमा डेरा गरी बस्दै आएका ६० वर्षीय रत्न बहादुर डिमडिमको करेन्ट लागेर मृत्यु भएको हो । सर्लाही प्रहरीका अनुसार शुक्रबार दिउँसो […]
रौतहटमा हावाहुरीले घरको छाना उडायो, दर्जनौँ विद्युत पोल ढले
सामाजिक फीड, रौतहट, १८ जेठ । रौतहटमा बिहीबार साझँ आएको हावाहुरीले कैयौं घरको छाना उडाएर लाखौँ बराबरको क्षति भएको छ। चन्द्रपुरमा आएको हावाहुरीले पोलहरू ढलेर विभिन्न ठाउँको विद्युत अवरुद्ध भएको छ । हावाहुरीले चन्द्रपुर नगरपालिका–६ स्थित सत्यनारायण भगतको घरको एसबेस्टसको छाना उडाउँदा ८ लाखभन्दा बढीकाे क्षति भएको छ। त्यसैगरी वडा ५ का महिचन साह, रूपनारायण […]
मोनाष्टिक विद्यालयका विद्यार्थी इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी
सामाजिक फीड-जनकपुरधाम, १८ जेठ । जनकपुरको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलमा सहभागी भएका छन् । विद्यालयका १० जना विद्यार्थी र एकजना शिक्षक आ–आफ्ना अभिभावकसहित २१ सदस्यीय टोली काठमाडौं गएका हुन् । उनीहरु शुक्रबार काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (केआइएमएफएफ) मा सहभागी हुन लागेको जनाएको छ । विद्यार्थीहरू च्याम्पियनिङ यंग फिल्ममेकरहरू […]