सामाजिक फीड-
जनकपुरधाम, माघ २८ गते
धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट उम्मेदवार रहेका राजीव कुमार झा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार मनिष झालाई समर्थन गर्दै पार्टीमा प्रवेश गर्न लागेका छन्।
राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्षसमेत रहेका झाले आफू लामो समयदेखि मधेसको राजनीतिमा सक्रिय रहेको र अहिले मधेसी प्रधानमन्त्री बन्ने अवसर रहेकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समर्थन गरेको बताए।
झाले देश परिवर्तनको दिशामा अघि बढिसकेको भन्दै आफू त्यसको बाधक बन्न नचाहेको स्पष्ट पारे।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि धनुषा- ३ मा ४५ जना उम्मेदवार रहेका छन्। नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो, रास्वपाबाट मनिष झा, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट परमेश्वर साहलगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।