Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २८ गते 

जनकपुरधाममा आज बिहान एकजना लैंगिक तथा यौनिक अल्पसंख्यकको शव फेला परेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका १७ तेतरियामा सडक छेउमा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।

प्रहरी उपरीक्षक कुँवरका अनुसार सलले घाँटी कसेको अवस्थामा शव फेला परेको हो ।
घटनास्थल र शवको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने धनुषा प्रहरीले जनाएको छ ।

शव फेला परेको वरिपरि चप्पल, झोला भेटिएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *