सामाजिक फीड-
जनकपुरधाम, माघ २७ गते ।
वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा चारजना पक्राउ जनकपुरधाम । पर्साको वीरगञ्जमा सशस्त्र प्रहरी सहितको टोली अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले वीरगञ्जको आदर्शनगरथित अवैध गोदाममा छापा मार्न जाँदा स्थानीय व्यापारी र सशस्त्र प्रहरीबीच झडप भएको थियो । झडपमा तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको बताए । उनले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसीक्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको बताए । आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्ने उनले बताए ।