Samajik Feed – News Portal from Nepal

रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । चन्द्रपुर २ जुडिवेलामा बाघको आक्रमणबाट मलनियामाइ सामुदायिक वनका हेरालु गंगा कुमर घाइते भएका हुन् । सोमबार दिउँसो बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको,अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज लागिएको चन्द्रपुर २ का वडाअध्यक्ष दुत्त बहादुर थिङले […]

धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर छन् । धनुषा प्रहरीका अनुसार सोमबाबर दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा […]

महोत्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सामाजिक फीड, महोत्तरी, १० वैशाख । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–२ कालापानी जंगल क्षेत्रमा बा. प्र. ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सर्लाहीको ईश्वरपुर–५ का ३५ वर्षीय मनोज चौधरी र उनकी श्रीमती २४ वर्षकी शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख १० गते । धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको शहिदनगर नगरपालिका– ७ नेमुवा टोलका ५५ वर्षीय सुदिप ठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोना रहेको धनुषा जनाएको छ । दुबैजनालाई प्रहरीले घटनाको ६ महिनापछि आइतबार बिहान […]

मधेश प्रदेशका ७४ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन

सामाजिक फीडजनकपुरधाम , बैशाख १० गते । देशका २२९ स्थानीय तह अझैपनि निमित्तको भरमा चलेको पाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकामध्ये २२९ पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त छन् । यीमध्ये कतिपय निमित्तको भरमा चलेका छन् भने कतिपयमा खाली छ । मन्त्रालयले दिएको विवरण अनुसार १२२ नगरपालिका यतिबेला प्रमुख […]

पर्साबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख ९ गते । पर्साबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह छन् । उनीहरुलाई स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला […]

भारतमा आगो सल्काउँदा नेपालको पाँच घर जलेर नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख ९ गते । छिमेकी मुलुक भारतमा एक महिलाले गहुँको खेतमा मा आगो सल्काउँदा सल्केको आगोले पर्साका पाँच घर जलेर नष्ट भएको छ। बिहारको चमपारण थाना मैनाटाड नजिकै रहेको वसन्तपुर क्षेत्रमा रहेको गहुँ खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर हावाले सीमावर्ती क्षेत्र पर्साको छिपहरमाई गाउँपालिका(१ भलुवहिया स्थित बस्तीसम्म ल्याइपुर्‍याउँदा यहाँको बस्तीमा नै क्षति पुगेको […]

धनुषामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

सामाजिक फीडजनकपुरधाम, वैशाख ७ गते । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । पैदल यात्री मण्डललाई बिहीबार साँझ प्रदेश ०२- ००७ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । […]

संघिय सरकारले दिने बजेटमा विभेद गरियो: मेयर सिंह

सामाजिक फीडजनकपुरधाम, बैशाख ६ गते । बीरगन्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाएका छन् । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले बीरगन्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ । उनले भरतपुर महानगरमा […]

लागुऔषधसहित दुई जना पक्राउ

सामाजिक फीड, महोत्तरी, ६ वैशाख । महोत्तरीको बर्दिबास नगरपालिका- १ स्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । बुधबार साँझ लागुपदार्थ करिब ८ ग्राम १ सय ९० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ७ हजार ३० रुपैयाँसहित २७ वर्षीय निसाज सुनुवार पक्राउ परेका हुन् । इलाका प्रहरी […]

error: Content is protected !!