महोत्तरीमा डाँकाको हतियार प्रहारबाट पाँचजना घाइते, लाखौं डकैती

सामाजिक फीड-जनकपुरधाम, भदौ ३० गते । महोत्तरीको मटिहानी नगरपालिका ५ विसनपुरमा डाकाहरुको आक्रमणबाट पाँचनजना घाइते भएका छन् । स्थानीय मंगल महराको घरमा ३ जनाको समूहमा हातहतियारसहित आएका डाकाहरुको हतियार प्रहार गरी घाइते बनाएर लाखौंको लुटपाट गरेका हुन् । महोत्तरी प्रहरीका अनुसार घाइते हुनेहरुमा मंगल महरा श्रीमती शैली देवी, २९ वर्षीया बुहारी रिंकु महरा, छोरा संजित […]
मधेश सरकारलाई भएको क्षति विवरण संकलन गरिदै, उपसचिवको संयोकत्वमा समिती गठन

समाजिक फीड- जनकपुरधाम, भदौ ३० गते । मधेश प्रदेशमा आन्दोलनका कारण प्रदेश सरकारलाई भएको क्षतिको विवरण संकलन सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव वासुदेव मल्लका अनुसार उनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । क्षति विवरण संकलन भइसकेपछि सेवा प्रवाह पुनः सुरु गर्ने तयारी प्रदेश सरकारले गरिरहेका उनले बताए । मल्लका […]
जनकपुरधाम उपमहानगरपालिका सञ्चालनमा आउन कम्तीमा एक महिना लाग्ने

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । जेन–जी आन्दोलनको क्रममा जलेको जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ । आन्दोलनका क्रममा गत मंगलबार उपमहानगरको पाँच तले भवनमा प्रदर्शनकारीले आगजनी गर्दा जलेर पूर्ण रूपमा भवन क्षतिग्रस्त भएको हो । आगजनीपछि उपमहानगरका अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएको हो । उपमहानगरका प्रवक्ता परमेश […]
समान्य बन्दैछ मधेशको जनजिवन, कुन जिल्लाको अवस्था कस्तो ?

समाजिक फीड- जनकपुरधाम, भदौ २९ गते । मधेस प्रदेशसहित देशभर दुई दिन चलेको जेन–जी आन्दोलनपछि प्रभावित जिल्लाहरुमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। सोमबार शान्तिपूर्ण आन्दोलन भए पनि मंगलबार विभिन्न सरकारी कार्यालय तथा मधेस सरकारका प्रशासनिक भवनमा तोडफोड र आगजनी भएपछि लगाइएको कर्फ्यू तथा निषेधाज्ञा हटाउँदै स्थानीय प्रशासनले सेवा पुनः सुरु गरेका छन्। धनुषा र […]
आइतबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाका सेवा नियमित, राहदानी–परिचयपत्र सेवा अझै बन्द

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि अधिकांश सेवा पुनः सुरु गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा आउने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शान्ति–सुरक्षा, विपद् व्यवस्थापन र मुद्दासम्बन्धी सेवासहित अन्य नियमित सेवा आइतबारदेखि प्रवाह हुने जानकारी दिए। […]
आज बेलुकी ६ बजेदेखि धनुषा जिल्लाभर कर्फ्यु

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा चुनौती बढेको भन्दै जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार विशेष सुरक्षा अवस्था सिर्जना भएकाले शान्ति–सुरक्षाका दृष्टिले निषेधाज्ञा तथा कर्फ्यु आवश्यक रहेको निष्कर्ष निकालेको हो । बिहीवार बिहान ११ बजेदेखि […]
भोलि धनुषाका सबै विद्यालय बन्द रहने

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । युवाहरुको आन्दोलन अनियन्त्रित भएपछि धनुषाका सबै विद्यालय बुधवार एक दिनका लागि बन्द हुने भएका छन्। प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त बैठकमार्फत सोमबार जिल्लाभर निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। आइतबार देशभर भएको जेनजीको प्रदर्शनमा हालसम्म १९ जनाको ज्यान गइसकेको र ३४७ जनाभन्दा बढी घाइते […]
युवाको आन्दोलनलाई समर्थन गर्दै खानेपानी मन्त्री प्रदिप यादवले दिए पदबाट राजीनामा

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । संघीय खानेपानी मन्त्री प्रदिप यादवले आफ्नो पदबाट राजीनामा दिएका छन । काठमाडौं सहित देशका विभिन्न स्थानमा जेनजीले गरेको आन्दोलनलाई समर्थन गर्दै र सरकार तथा प्रशासनले गरेको दमनको विरोध स्वरूप उनले राजीनामा घोषणा गरेका हुन् । मन्त्रीले फेसबुकमा स्टाटस लेख्दै राजीनमा दिएका हुन । “प्रिय युवा भाइबहिनीहरू, तपाईँ नै मेरो प्रथम […]
जनकपुरमा मुख्यमन्त्री कार्यालय सहित मधेश भवनमा ढुंगामुढा, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । जनकपुरधाम स्थित रहेको मधेश भवनमा प्रदर्शनकारीले तोडफोड गरेका छन । मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयको झ्याल, ढोका उनीहरुले तोडफोड गरेका हुन । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि ढुंगामुढा प्रहार गर्दै मधेश भवनमा तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन । सोमवार काठमाडौंमा सरकारले मच्चाएको नरसंहार, भ्रष्टाचार र बेतिथिी विरुद्ध जनकपुर सहित […]
जनकपुरमा एमाले नेता रघुवीर महासेठको घरमा प्रदर्शनकारीले गरे आगजनी

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । नेकपा एमालेका सचिव रघुविर महासेठको जनकपुरस्थित रहेको घरमा प्रदर्शनकारीले आगजानी गरेका छन् । एमाले नेतृत्वको सरकारले काठमाडौंमा मच्चाएको नरसंहार र भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका युवाले उनको घरमा तोडफोड र आगजानी गरेका हुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित रहेको उनको घरमा युवाहरुले पहिले ढुंगामुढा गरेको र त्यसपछि आगजनी गरेको […]