सामाजिक फीड-
जनकपुरधाम, भदौ २४ गते ।
संघीय खानेपानी मन्त्री प्रदिप यादवले आफ्नो पदबाट राजीनामा दिएका छन । काठमाडौं सहित देशका विभिन्न स्थानमा जेनजीले गरेको आन्दोलनलाई समर्थन गर्दै र सरकार तथा प्रशासनले गरेको दमनको विरोध स्वरूप उनले राजीनामा घोषणा गरेका हुन् ।
मन्त्रीले फेसबुकमा स्टाटस लेख्दै राजीनमा दिएका हुन । “प्रिय युवा भाइबहिनीहरू, तपाईँ नै मेरो प्रथम सहयोगी र मेरो जोश–उर्जाका सूत्रधार हुनुहुन्छ । हिजो (जेनजी) युवा पुस्ताले गरेको आन्दोलनको समर्थन गर्दै र सरकारले गरेको दमनको विरोधमा म खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।”
उनले सबैलाई संयमता अपनाउन र युवा पुस्तालाई सही मार्गदर्शन गर्न आग्रहसमेत गरेका छन् । “हामी सबैले संयमता अपनाई युवा पुस्तालाई सही मार्गदर्शन र सहयोग गर्नुपर्छ,”मन्त्री यादवले भनेका छन् ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।