Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २४  गते ।

जनकपुरधाम स्थित रहेको मधेश भवनमा प्रदर्शनकारीले तोडफोड गरेका छन । मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयको झ्याल, ढोका उनीहरुले तोडफोड गरेका हुन ।

मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि ढुंगामुढा प्रहार गर्दै मधेश भवनमा तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन । सोमवार काठमाडौंमा सरकारले मच्चाएको नरसंहार, भ्रष्टाचार र बेतिथिी विरुद्ध जनकपुर सहित देशभर युवाहरु आन्दोलनमा उत्रिएका छन ।

जनकपुरमा एमाले नेता रघुवीर महासेठको घरमा तोडफोड र आगजनी उनीहरुले गरेका छन । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले जनकपुरका विभिन्न ठाउँमा लाठीचार्ज समेत गरिरहेका छन । नेता महासेठको घर नजिक अवस्था नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास समेत प्रहार गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *