Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २४  गते ।

नेकपा एमालेका सचिव रघुविर महासेठको जनकपुरस्थित रहेको घरमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

एमाले नेतृत्वको सरकारले काठमाडौंमा मच्चाएको नरसंहार र भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका युवाले उनको घरमा तोडफोड र आगजानी गरेका हुन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित रहेको उनको घरमा युवाहरुले पहिले ढुंगामुढा गरेको र त्यसपछि आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

आन्दोलनकारी युवाहरु अहिले विभिन्न चोकमा प्रदर्शन गरिरहेका छन । प्रदर्शन अनियपन्त्रित हुनसक्ने भन्दै जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *