Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, भदौ २४ गते ।

युवाहरुको आन्दोलन अनियन्त्रित भएपछि धनुषाका सबै विद्यालय बुधवार एक दिनका लागि बन्द हुने भएका छन्।

प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त बैठकमार्फत सोमबार जिल्लाभर निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

आइतबार देशभर भएको जेनजीको प्रदर्शनमा हालसम्म १९ जनाको ज्यान गइसकेको र ३४७ जनाभन्दा बढी घाइते भइसकेको छ ।

प्रदर्शनमा सुरक्षाकर्मीले गरेको दमनप्रति आपत्ति जनाउँदै विद्यालय बन्दको घोषणा गरिएको हो।

एन–प्याब्सन धनुषाका अध्यक्ष आशिष झाले विद्यार्थीमाथि भएको दमन र दर्जनौँको मृत्युले गहिरो शोक व्यक्त गर्दै विद्यालय बन्दको निर्णय लिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *