Samajik Feed – News Portal from Nepal

आइतबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाका सेवा नियमित, राहदानी–परिचयपत्र सेवा अझै बन्द

समाजिक फीड- जनकपुरधाम, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबारदेखि अधिकांश सेवा पुनः सुरु गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाबाहेक अन्य सबै सेवा सञ्चालनमा आउने जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शान्ति–सुरक्षा, विपद् व्यवस्थापन र मुद्दासम्बन्धी सेवासहित अन्य नियमित सेवा आइतबारदेखि प्रवाह हुने जानकारी दिए। […]

आज बेलुकी ६ बजेदेखि धनुषा जिल्लाभर कर्फ्यु

समाजिक फीड- जनकपुरधाम, भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा चुनौती बढेको भन्दै जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार विशेष सुरक्षा अवस्था सिर्जना भएकाले शान्ति–सुरक्षाका दृष्टिले निषेधाज्ञा तथा कर्फ्यु आवश्यक रहेको निष्कर्ष निकालेको हो । बिहीवार बिहान ११ बजेदेखि […]

भोलि धनुषाका सबै विद्यालय बन्द रहने

समाजिक फीड- जनकपुरधाम, भदौ २४ गते । युवाहरुको आन्दोलन अनियन्त्रित भएपछि धनुषाका सबै विद्यालय बुधवार एक दिनका लागि बन्द हुने भएका छन्। प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त बैठकमार्फत सोमबार जिल्लाभर निजी तथा सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। आइतबार देशभर भएको जेनजीको प्रदर्शनमा हालसम्म १९ जनाको ज्यान गइसकेको र ३४७ जनाभन्दा बढी घाइते […]

युवाको आन्दोलनलाई समर्थन गर्दै खानेपानी मन्त्री प्रदिप यादवले दिए पदबाट राजीनामा

सामाजिक फीड-जनकपुरधाम, भदौ २४ गते । संघीय खानेपानी मन्त्री प्रदिप यादवले आफ्नो पदबाट राजीनामा दिएका छन । काठमाडौं सहित देशका विभिन्न स्थानमा जेनजीले गरेको आन्दोलनलाई समर्थन गर्दै र सरकार तथा प्रशासनले गरेको दमनको विरोध स्वरूप उनले राजीनामा घोषणा गरेका हुन् । मन्त्रीले फेसबुकमा स्टाटस लेख्दै राजीनमा दिएका हुन । “प्रिय युवा भाइबहिनीहरू, तपाईँ नै मेरो प्रथम […]

जनकपुरमा मुख्यमन्त्री कार्यालय सहित मधेश भवनमा ढुंगामुढा, प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

सामाजिक फीड-जनकपुरधाम, भदौ २४  गते । जनकपुरधाम स्थित रहेको मधेश भवनमा प्रदर्शनकारीले तोडफोड गरेका छन । मुख्यमन्त्री कार्यालय सहित विभिन्न मन्त्रालयको झ्याल, ढोका उनीहरुले तोडफोड गरेका हुन । मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि ढुंगामुढा प्रहार गर्दै मधेश भवनमा तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन । सोमवार काठमाडौंमा सरकारले मच्चाएको नरसंहार, भ्रष्टाचार र बेतिथिी विरुद्ध जनकपुर सहित […]

जनकपुरमा एमाले नेता रघुवीर महासेठको घरमा प्रदर्शनकारीले गरे आगजनी

सामाजिक फीड-जनकपुरधाम, भदौ २४  गते । नेकपा एमालेका सचिव रघुविर महासेठको जनकपुरस्थित रहेको घरमा प्रदर्शनकारीले आगजानी गरेका छन् । एमाले नेतृत्वको सरकारले काठमाडौंमा मच्चाएको नरसंहार र भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रिएका युवाले उनको घरमा तोडफोड र आगजानी गरेका हुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित रहेको उनको घरमा युवाहरुले पहिले ढुंगामुढा गरेको र त्यसपछि आगजनी गरेको […]

सरकार विरुद्ध जनकपुरमा पनि जेनजीको प्रदर्शन (तस्वीरहरू)

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले जनकपुरमा पनि प्रदर्शन गरेका छन । सोमबार जानकी मन्दिरबाट जनक चोक हुँदै उनीहरु प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन्। इन्ड क्रप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट लगायतका प्लेकार्ड बोकेर […]

धनुषामा अगामी असोज २ र ३ गते सर्प महोत्सव हुने, के के हुन्छ महोत्सवमा ?

सामाजिक फीड-जनकपुरधाम, भदौ २३ गते । धनुषामा अगामी असोज २ र ३ गते विभिन्न कार्यक्रमसहित नेपाल सर्प महोत्सव आयोजना हुने भएको छ। सर्प संरक्षणको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्स सोसाइटीको संयुक्त आयोजनामा मिथिला विहारी नगरपालिकामा नेपाल सर्प महोत्सव तेस्रो संस्करणको आयोजना हुन लागेको हो ।‘मानव र सर्पबीच सह अस्तित्व […]

वीरगञ्जमा कांग्रेसका क्षेत्रीय सभापतिको ठाउँमा परीक्षा दिइरहेका उनका छोरा पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । पर्साको वीरगन्जमा बुवाको ठाउँमा परीक्षा दिइरहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिँदै गरेको अवस्थामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा २५ वर्षीय महमद अफताबलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् । कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिन र उनका छोरा अफताब वीरगन्ज महानगरपालिका–३ छपकैयाका […]

काठमाडौंबाट पुर्वतर्फ जाँदै गरेका सर्लाहीका एकजनालाई खोलाले बगायो, अर्की महिला घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ २२ गते । बाढीले बगाउँदा सर्लाहीका एकजना पुरुष बेपत्ता भएका छन । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक जना बेपत्ता भएका हुन् । अर्का एक जनालाई उद्धार गरिएको र उनी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । बेपत्ता हुनेमा सर्लाहीको हरिवनका २७ […]