सामाजिक फीड-
जनकपुरधाम, भदौ २२ गते ।
पर्साको वीरगन्जमा बुवाको ठाउँमा परीक्षा दिइरहेका छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिँदै गरेको अवस्थामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा २५ वर्षीय महमद अफताबलाई पक्राउ गरिएको प्रहरीले जनाएका छन् । कांग्रेस क्षेत्रीय सभापति साहबुद्धिन र उनका छोरा अफताब वीरगन्ज महानगरपालिका–३ छपकैयाका हुन्।
ठाकुरराम क्याम्पसमा आइतबार चलिरहेको मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा दिँदै गरेका बेला छोरा पक्राउ परेका हुन्।सिम्बोल नम्बर १५२७०२३ नम्बरका परीक्षार्थी साहबुद्धिनको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिँदै गरेको अवस्थामा अफताब भेटिएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको क्याम्पस प्रमुख मोहन यादवले बताए ।
नक्कली परिक्षार्थीले परीक्षा दिइरहेको सूचना आएपछि परीक्षा हलमा गएर चेकजाँच गर्दा महमद साहबुद्धिनको सट्टा अफताबले परीक्षा दिँदै गरेको भेटिएपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
क्याम्पस प्रमुख यादवले पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाएका साहबुद्धिन दुवै जनाविरुद्ध त्रिविको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० ९क० अनुसार कार्बाही हुने जानकारी दिए।
पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले पक्राउ परेका अफताबलाई वडा प्रहरी कार्यालय वीर्तामा राखिएको जानकारी दिए।