Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २३ गते ।

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले जनकपुरमा पनि प्रदर्शन गरेका छन ।

सोमबार जानकी मन्दिरबाट जनक चोक हुँदै उनीहरु प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन्। इन्ड क्रप्सन, आइएम वीथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरे ।

जनकपुरधाममा जेनजी पुस्ताले विभिन्न समूहमा प्रदर्शन गरिरहेको छ। पुनः २ बजे जेनजी पुस्ताले सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

जेनजी पुस्ताले युवाहरु सामाजिक सञ्जालमा मात्र नभई सडकमा समेत आउन सक्ने भन्दै अहिले सरकारले गरेको भ्रष्टाचार, सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा आफूहरु आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *