Samajik Feed – News Portal from Nepal

आफ्नै काकीलाई विभत्स तरीकाले हत्या गर्ने मानिस पक्राउ ;-

१२ पुष, जनकपुरधाम। मिति २०७९।०९।११ गते अं. १७;०० बजेको समयमा जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. ०७ वेलापट्टि बस्ने श्रीराम साहको श्रीमती अं. वर्ष ३० की कविता देवी साह आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको छ। र निजकै छोरा अं. १४ महिनाको कार्तिक कुमार साह घाईते भई उपचारको लागि काव्या अस्पताल जनकपुरमा ल्याएको हो। […]

वीरगञ्जमा मोटरसाइकल चोरी गर्ने चारजना पक्राउ

१२ पौष, जनकपुरधाम। मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन्। वीरगञ्ज ८ स्थित पार्किङ गरी राखेको धोबिनी गाउँपालिका ४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र २–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरेको हो। मोटरसाइकल लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई […]

अस्पतालमा नवजात शिशु छोडेर आमा फरार

१२ पौष, जनकपुरधाम। सर्लाहीको अस्पतालमा नवजात शिशुलाई फालेर एक युवती फरार भएकी हुन्। भारतको बिहार राज्य जिल्ला सितामडी सोनवर्षा बस्ने २२ वर्षीया गर्भवती युुवती सोमबार दिउँसो करिब १ बजेको समयमा प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन। अस्पतालको ट्वाईलेटमा सुत्केरी भई छोरा पाई बच्चा त्यहि छाडी युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। […]

मधेस प्रदेशमा जसपा र एमालेको आलोपालो सरकार बन्ने सम्भावना

सामाजिकफिड-१२ पुस, जनकपुर । मधेश प्रदेशमा जसपा र एमालेको आलोपलो सरकार बन्ने सम्भावना बढेको छ। ५ दलीय कांग्रेसको गठबन्धन टुटेसँगै मधेस प्रदेशमा सरकार निर्माणको समिकरण फेरीएको छ। एमालेको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि मधेसमा सरकार गठनका लागि दलीय समीकरण फेरिएको हो। तत्कालीन सत्तारूढ गठन्धन र एमालेसहितको गठबन्धनसँग मधेसमा सरकार गठनका लागि […]

धनुषामा नयाँ प्रहरी प्रमुख (एसपी) हाजिर

१२ पौष, जनकपुरधाम। धनुषामा नयाँ प्रहरी प्रमुख विश्वराज खड्का जिल्लामा हाजिर भएका हुन् । प्रहरी उपरीक्षक खड्कालाई प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री, दिपक कुमार राय लगायत जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौबाट जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा भई आएका प्रहरी उपरीक्षक खड्का आज […]

बारामा १७ कठ्ठामा लगाइएको गाँजा नष्ट

१२ पौष, जनकपुरधाम। बाराको निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा करिब १७ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाजा फडानी गरेका छन्। लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको सुरक्षाकर्मीको टोली […]

३४ दिन पछि १५ वर्षीय किशोरको शव सेफ्टी ट्याङ्कीमा भेटियो

११ पौष, जनकपुरधाम। वीरगञ्जमा हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला पारिएको छ । वीरगञ्ज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव आइतबार फेला परेका हुन् । मंसिर ५ गतेदेखि हराएका उनको शव गुरूकुल पन्ना इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा भेटिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी […]

रौतहटमा भारतीय घिउ बरामद

११ पौष, जनकपुरधाम। सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमाबाट भारत अनिवार्य रूपमा आयातित भैँसीको घिउ बरामद गरेका छन्। आइतबार साँझ विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेका छन् ।बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार […]

चिसोले कठ्यांग्रिएर एक पुरुषको मृत्युको आशंका

११ पौष, जनकपुरधाम। आज सोमबार बिहान सर्लाहीमा एकजना पुरुषको शव फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन्। मागेर खाँदै हिँड्ने ती पुरुष स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएका छन् ।जाडोले कठ्यांग्रिएर उनको […]

एसपी यादव माथि भ्रष्टाचारको मुद्दा

०८ पौष, जनकपुरधाम। नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन। उनलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका हुन् । उनलाई विशेष अदालतको फैसला उल्टाउँदै ४ महिना कैद र ९७ […]