Samajik Feed – News Portal from Nepal

११ पौष, जनकपुरधाम। आज सोमबार बिहान सर्लाहीमा एकजना पुरुषको शव फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन्।

मागेर खाँदै हिँड्ने ती पुरुष स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएका छन् ।
जाडोले कठ्यांग्रिएर उनको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ भने मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!