Samajik Feed – News Portal from Nepal

१२ पौष, जनकपुरधाम। बाराको निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा करिब १७ कठ्ठामा लगाइएको गाँजा फडानी गरिएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गाजा फडानी गरेका छन्।

लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको सुरक्षाकर्मीको टोली ले गाजाको बोट फडानीका लागि खटिएका थिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक जगनाथ खड्का र प्रहरी निरीक्षक सञ्जिव ओलीको नेतृत्वमा खटिएको १९ जनाको टोलीले गाजा फडानी गरेका छन् ।
फडानी गरिएको गाजाको बोट एक ठाउँमा जम्मा गरेर जलाएर नष्ट गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!