१२ पौष, जनकपुरधाम। सर्लाहीको अस्पतालमा नवजात शिशुलाई फालेर एक युवती फरार भएकी हुन्।
भारतको बिहार राज्य जिल्ला सितामडी सोनवर्षा बस्ने २२ वर्षीया गर्भवती युुवती सोमबार दिउँसो करिब १ बजेको समयमा प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन।
अस्पतालको ट्वाईलेटमा सुत्केरी भई छोरा पाई बच्चा त्यहि छाडी युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
नवजात शिशुलाई ओसीएमसी संस्थाको जिम्मा लगाई अस्पतालमा राखिएको तथा बच्चाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिएका हुन्।