Samajik Feed – News Portal from Nepal

१२ पौष, जनकपुरधाम। मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेका छन्।

वीरगञ्ज ८ स्थित पार्किङ गरी राखेको धोबिनी गाउँपालिका ४ लंगडी बस्ने रामबाबु कुमार गुप्ताको प्र २–०३–००७ प १७६६ नम्बरको मोटरसाइकलमा मास्टर साँचोको प्रयोग गरी राम प्रवेशले चोरी गरेको हो। मोटरसाइकल लाँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेका हुन्।

चोरिको आरोपमा पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका २६ का २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण रतनपुर ठेगाना भएका १९ वर्षीय शिवम पाण्डे र वीरगञ्ज २४ का २० वर्षीय आकाश तिवारी रहेका हुन् ।

यस विषयमा थप अनुसन्धानको क्रममा उनीहरूले बिभिन्न मिति र स्थानबाट अन्य मोटरसाइकलहरू समेत चोरी गरेको खुल्न आएपछि उनीहरूले चोरी गरेको ना ५२ प ५०२४, ना २७ प ७८४७, ना ११ प ११२१, ना ५३ प ७१०६, ना ३७ प ९८१८, ना ४६ प ८६२७ र प्र०३–००८ प ७१८६ नम्बरको मोटरसाइकलहरू बरामद गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!