Samajik Feed – News Portal from Nepal

११ पौष, जनकपुरधाम। वीरगञ्जमा हराएको ३४ दिन पश्चात एक किशोरको शव सेफ्टी ट्यांकीमा फेला पारिएको छ । वीरगञ्ज महानगरपालिका २५ सिर्सिया खल्वाटोलाका १५ वर्षीय निरज कुमार पासवानको शव आइतबार फेला परेका हुन् । मंसिर ५ गतेदेखि हराएका उनको शव गुरूकुल पन्ना इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा भेटिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले सेप्टिक ट्यांकीको रिङ भित्रबाट शव निकालिएको जानकारी दिएका हुन् । निरजका बाबु श्रीमानको वीरगञ्जको मीना बजारमा मासु पसल छ । निरज मंसिर ५ गतेदेखि हराएको भन्दै भोलिपल्ट अभिभावकले प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
पुस १ गते निरजको परिवारले उनको अपहरण भएको र अपहरणकारीले ५० लाख रुपैयाँ फिरौती मागेको भन्दै प्रहरीलाई लिखित जानकारी गराएका थिए । अपरिचित व्यक्तिले बुवा श्रीमान पासवानको मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेको उजुरीमा उल्लेख थियो ।

प्रहरीले अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूले दिएको बयानको आधारमा सेप्टिक ट्यांकीबाट निरजको शव बरामद गरेको प्रहरील जनाएको छ ।
घटनाामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । शंकास्पद अन्यको पनि खोजी भइरहेको उनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!