Samajik Feed – News Portal from Nepal

१२ पुष, जनकपुरधाम। मिति २०७९।०९।११ गते अं. १७;०० बजेको समयमा जिल्ला धनुषा विदेह नगरपालिका वडा नं. ०७ वेलापट्टि बस्ने श्रीराम साहको श्रीमती अं. वर्ष ३० की कविता देवी साह आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको छ। र निजकै छोरा अं. १४ महिनाको कार्तिक कुमार साह घाईते भई उपचारको लागि काव्या अस्पताल जनकपुरमा ल्याएको हो।

सुचना प्राप्त हुनासाथ तत्काल प्रहरी कार्यालयको कमाण्डमा अनुसन्धान टोली घटना स्थलमा खटि जादा मृतक लाशको अनुहारकै भाग समेतमा गम्भिर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा लाश रहेको छ। विशेषज्ञ Dog सहितको टोलि घटना स्थलमा ल्याई अनुसन्धान गर्दै जाँदा निज मृतक कविता देवी साहको जेठाजुको छोरा अं. वर्ष २० को दिलिप साह लाई शंकास्पद अवस्थामा भेटियो। निज दिलिप साहको हाथको बुढि औला तथा घाटिको भागमा स-साना चिछोरीएको जस्तो दाग रहेकोमा निजको शरीर खान तलासि गर्दा निज दिलिप साहले लगाएको अन्डर वेयर भित्र निज मृतक कविता देवी साहले प्रयोग गर्ने मोवाईल थान -१ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको छ।

तथा निजले लगाएको अन्डर वेयरको पछाडी भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला पारी निजलाई पक्राउ गरिएको , निज दिलिप साहले वरदातको वखत लगाएको जिन्स पाईन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा आफ्नो घरमा ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा समेत फेला पारी बरामद गरीएको छ। दिलिप कुमार साहलाई सम्मानित धनुषा जिल्ला आदालतवाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भईरहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!