मधेस केन्द्रीत दलका नेतासँग छलफल सुरु गरे रास्वपाका सभापति लामिछाने
सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मधेश केन्द्रित दलका नेताहरूसँग संवाद् थालेका छन् । मंगलबार बिहान उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुर र आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । रास्वपा सभापति लामिछानेलाई भेट्न ठाकुर उनकै निवास बूढानीलकण्ठ […]
एक्सनमा गृहमन्त्री सुधन गुरुङ, धमाधम समाउदै हाई प्रोफाइल अपराधी

सामाजिक फीड-जनकपुरधाम, चैत १७ गते । नव नियुक्त गृहमन्त्री सुधन गुरुङले जिम्मेवारी सम्हालेसँगै सुरक्षा निकायलाई सक्रिय बनाउँदै विभिन्न घटनामा संलग्न ठानिएका हाइ प्रोफाइल व्यक्तिमाथि तिब्र गतिमा कारबाही अभियान चलाएकान छन्। आज बिहानै काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। रिजालमाथि गत भदौ २३ र २४ […]
हाई एलर्टमा मधेशका प्रहरी, जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि पक्राउको तयारी !

जनकपुरधाम, चैत १५ गते । राजनीतिक वृतमा भुइँचालो ल्याउने गरि देशमा पछिल्लो समय उत्पन्न राजनीतिक गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सतर्कता अपनाइएको छ । पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पुर्व उर्जामन्त्री दिपक खड्का पक्राउ परेपछि प्रहरी हेड क्वाटरको निर्देशन बमोजिम मधेशका प्रहरी हाई एलर्टमा बसेका हुन् । स्रोतका अनुसार नवनियुक्त गृहमन्त्री सुधन गुरुंगको […]
बालेन शाहको प्रधानमन्त्री पदको शपथका लागि रास्वपाको पहल, मुख्य सचिवलाई व्यवस्थापन आग्रह

सामाजिक फीड-जनकपुरधाम, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम व्यवस्थित गर्न मुख्य सचिवसँग समन्वयको अनुरोध गरेको छ। महासचिव कवीन्द्र बुर्लाकोटीले पत्राचार गर्दै शपथ समारोहको सम्पूर्ण व्यवस्थापन मिलाइदिन आग्रह गरेका हुन्। आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुँदैछ भने भोलि चैत १३ गते रास्वपाका […]
सभापतिबाट गगनले दिए राजीनामा, बालेन नेतृत्वको सरकारमा जानुपर्ने कांग्रेसको एउटा पक्षको जोड

सामाजिक फीड-जनकपुरधाम, चैत ५ गते । नेपाली कांग्रसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्।गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार नै राजीनामा बुझाएका कांग्रेसको पदाधिकारी तहका एक वरिष्ठ नेताले जानकारी दिए। तर, थापाले दिएको राजीनामा पत्र भने […]
सर्वोच्च अदालतमा रवि लामिछानेको सहकारी ठगी र रिट मुद्दामा आज पनि सुनुवाइ

सामाजिक फीड-जनकपुरधाम, चैत ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोगपत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सोमबार न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेश गरिएको उक्त रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारीले […]
कांग्रेसको समानुपातिक सूचीमा नेताका आफन्तको बाहुल्यता, गगनको ससुरादेखि निधिको भान्जीसम्म

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभामा पठाउने सांसदहरूको सूचीमा नेताका परिवार र आफन्तलाई प्राथमिकता दिइएको छ । पार्टीले प्राप्त गरेको २० सिटमध्ये धेरैजसोमा नेतासँग नजिक सम्बन्ध भएका व्यक्तिहरू परेका छन्।तत्कालीन सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका आधारमा वर्तमान सभापति गगन थापाको नेतृत्वमा बसेको कार्यसम्पादन समिति बैठकले आइतबार १५ महिला र […]
निर्वाचन हारपछि संसदीय राजनीतिबाट टाढिने सीके राउत

सामाजिक फीड-जनकपुरधाम, चैत २ गते । सीके राउत ले संसदीय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका छन्। जनमत पार्टी का अध्यक्ष राउतले व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको बताउँदै अब भने चुनाव नलड्ने बताएका हुन्। यसपटक उनी सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए तर रामजी यादव सँग पराजित भएका थिए। अघिल्लो निर्वाचनमा राष्ट्रिय पार्टी बनेको […]
नेपाली कांग्रेसले समानुपातिक सांसदको लागि २० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाउने कांग्रेसको निर्णय

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधिसभाका लागि २० जनाको बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टीले पाएको २० सिटमध्ये १५ सिट महिलाका लागि र ५ सिट पुरुषका लागि छुट्याइनेछ। क्लस्टर मिलाएर ६ जनालाई आदिवासीरजनजाती, ६ जनालाई खस आर्य, र बाँकी ५ जनालाई थारु, दलित, मधेशी, […]
रास्वपाको समानुपातिक सूची तयार, ४८ महिला र ९ पुरुष समावेश

सामाजिक फीड-जनकपुरधाम, चैत १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ। आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित कुल ५७ जनाको सूची अन्तिम रूप दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। उनका अनुसार खसआर्य क्लस्टरबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट […]