Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत ३० गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापाका) नेता एवं प्रतिननिधिसभा सदस्य अमरेशकुमार सिंह विरुद्ध महोत्तरीको जलेश्वरमा प्रदर्शन भएको छ ।

रास्वपाकै नेता कार्यकर्ताले उनीविरुद्ध प्रदर्शन गरेका हुन् । सिंह आज जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

रास्वपाका स्थानीय नेता प्रकाश पाठक लगायत स्थानीय रास्वपाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा देखिएका थिए । सिंह सर्लाही क्षेत्र नम्बर ४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

जलेश्वर महोत्तरी क्षेत्र नम्बर ३ पर्छ । यहाँबाट रास्वपाका उज्वल झा निर्वाचित छन् । तर स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै उनीहरू विरोध गरेका हुन् ।

उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । बैठक कक्षमै प्रवेश गर्न खोजेका नेता कार्यकर्तालाई भने प्रहरीले रोकेको थियो । पार्टीका नेताहरुका अनुसार टिकट वितरणकै बेलादेखि सांसद उज्जवल झासँग सिंहको समबन्ध चिसिएको छ । उज्जवललाई टिकट दिँदा अमरेश सन्तुष्ट नभएको र अहिले फेरि उनको निर्वाचन क्षेत्रमा अभरटेक गर्न आएपछि यस्तो परिस्थती बनेको रास्वपाका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *