Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख ७ गते ।

प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रोहित प्रसाद ठाकुरलाई मनोनयन गरेको छ ।

मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले
चैत २५ गतेको मन्त्रिस्तरीय निर्णयले उनलाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

उनी महोत्तरीको साविक बदिया बन्चौरी गाविस–३ हाल बलवा नगरपालिका-१, महोत्तरी निवासी हुन् ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) (क) बमोजिम अध्यक्ष मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *