Samajik Feed – News Portal from Nepal

प्रधानन्यायाधीश नियुक्तिमा हर्कराज राईको आपत्ति,उपसभामुखप्रति पनि असन्तुष्ट

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउने प्रक्रियाप्रति गम्भिर आपत्ति जनाएका छन्। उनले विज्ञप्तिमार्फत आफ्नै पार्टीबाट निर्वाचित उपसभामुखको भूमिकाप्रति समेत खेद व्यक्त गरेका हुन्। राईले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिँदै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत भएको बताएका छन्। “गलत कार्यलाई […]

जनकपुरको राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि दरखास्त आह्वान, क-कसले आवेदन दिन मिल्छ ?

सामाजिक फीड–जनकपुरधाम, वैशाख २५ गते । जनकपुरको राजर्षि जनक सहित ८ वटा विश्वविद्यालयका उपकुलपति सिफारिस गर्न दरखास्त आह्वान भएको छ। उपकुलपति सिफारिसका लागि गठित छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो। रिक्त भएका त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिका लागि […]

सरकारले सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलनमा उत्रिए

सामाजिक फीड–जनकपुरधाम, वैशाख २४ गते । सरकारले सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दा एवं व्यापारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले आज विहान बरियारपट्टी गाउँपालिका-३ स्थित बरियारपट्टी चोकमा केही घण्टा हुलाकी राजमार्गमा सरकार विरुद्ध प्रदर्शन गर्दै चक्काजाम समेत गरेका थिए । प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान राजमार्ग अवरुद्ध गरेका […]

सिरहा विद्यालयहरुले हप्ताको दुई दिन विदा दिन अटेर गर्दै, निर्णय मान्न फेरि सबै विद्यालयलाई पत्राचार

सामाजिक फीड–जनकपुरधाम, वैशाख २४ गते । हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयलाई सिरहाका धेरैजसो विद्यालयहरुले अटेरी गरेको पाइएको छ । विशेष गरी निजी विद्यालयहरूले अझै सरकारी निर्णय पालना नगरेको भन्दै स्थानीय तहहरूले सचेत गराउँदै आएपनि अटेर गर्दै आएका हुन् । सरकारले गरेको निर्णयको अवज्ञा गर्न थालिएपछि शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले सबै स्थानीय तह तथा […]

बाढीले बन्द बीपी राजमार्ग तीन दिनपछि खुल्यो

सामाजिक फीड–जनकपुरधाम, वैशाख २४ गते । बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ । अस्थायी डाइभर्सन निर्माण गरेपछि आज बिहानदेखि सवारी आवागमन खुलाइएको हो । जिल्ला प्रहरी कार्यालयले लगातार वर्षा भइरहेकाले अत्यावश्यक कामबाहेक यो मार्ग प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ । गत सोमबार परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्ग […]

धनुषामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना युवकलाई जन्मकैदको फैसला

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३  गते । धनुषामा सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई जन्मकैदको फैसला भएको छ । मिथिला बिहारी नगरपालिका-१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश कपिलमणि गौतमको इजलासले सुनाएको उक्त फैसलामा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ।२०७८ फागुन २८ गते […]

सप्तरीमा जबर्जस्ती करणी प्रयास र अभद्र व्यवहार मुद्दामा दुई जना पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३  गते । जबर्जस्ती करणी प्रयास र अभद्र व्यवहारसम्बन्धी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार डाक्नेश्वरी नगरपालिका-८ निवासी २२ वर्षीय सुरजप्रकाश मण्डललाई जबर्जस्ती करणी प्रयासको आरोपमा नियन्त्रणमा लिइएको हो। वैशाख २१ गते राति करिब १ बजे उनले स्थानीय एक बालिकाको घरमा प्रवेश गरी करणी गर्ने प्रयास […]

संकटमा यादव नेतृत्वको मधेस सरकार, जसपाको नेतृत्वमा एमाले सहितका दलहरूको नयाँ सरकार बनाउने तयारी

सामाजिक फीड–जनकपुरधाम, वैशाख २३  गते । सहयात्री दलहरु बिच्किएपछी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ । जनमत पार्टीपछि नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि तयारी गरेपछि सरकार संकटमा परेको हो । यादव नेतृत्वको सरकारमा कांग्रेसका २२, जसपा नेपालका १८ र लोसपाका गरी २६, जनमतका १२, नेकपाका […]

जेनजी आन्दोलनमा फरार जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका फरार दोषी वीरगञ्जबाट पक्राउ

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका-२ का २२ वर्षीय बेगम विक रहेका छन्। प्रहरीका अनुसार उनलाई मंगलबार बिहान वीरगञ्ज महानगरपालिका-४ स्थित बिर्ता चोकबाट नियन्त्रणमा लिइएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा […]

मधेशमा नयाँ सरकार गठनको तयारी सुरु, जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पार्टीभित्र विवाद

सामाजिक फीड–जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेशमा एमाले सहितको समर्थनमा मधेश आश्रित दलको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु भएको छ । जनमत पार्टीका सचेतक चन्दन सिंह सहित १० जना सांसदले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै नयाँ सरकार गठनको कसरत सुरु भएको हो । सोमवार जनमत पार्टीले नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्ण प्रसाद यादव […]